• २० फागुन २०८१, मङ्गलबार

स्पोर्टस् अवार्डलाई सुदूरपश्चिमाञ्चल एकेडेमीको साथ

blog

सम्झौता पत्र आदान प्रदान गरिँदै ।

काठमाडौँ, फागुन २० गते । धनगढीमा चैत ७ गते हुने छैटौँ सुदूरपश्चिम स्पोर्टस् अवार्ड–२०८१’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गर्ने भएको छ । 

कैलालीको धनगढीमा रहेको निजी क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम ‘एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड–२०८१’ रहने भएको छ । 

मुख्य प्रायोजनसम्बन्धी सम्झौतामा सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवास शाही र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकबीच हस्ताक्षर भयो ।

सम्झौतापछि एसपीएका प्रबन्ध निर्देशक शाहीले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताउँदै आगामी वर्षमा पनि अवार्डसँग जोडिँदै अगाडि बढ्ने बताउनुभयो । स्पोर्टस् अवार्डमा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने बताईएको छ ।