• २८ फागुन २०८१, बुधबार

साफ यु-१९ च्याम्पियनसिप : नेपाल र भारत समूह ‘बी’ मा

blog

ड्र सार्वजनिक गर्दै एन्फाका महासचिव किरण राई । तस्बिर : गोरखापत्र

काठमाडौँ, फागुन २७ गते । भारतको अरुणाञ्चल प्रदेशमा आगामी मे ८ देखि १७ तारिखसम्म आयोजना हुने साफ यु-१९ च्याम्पियनसिप फुटबलमा नेपाल समूह ‘बी’ मा परेको छ ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले मङ्गलबार काठमाडौँमा गरेको ड्र अनुसार ६ टोलीले सहभागिता जनाउने च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको हो ।

नेपालको समूहमा भारत र श्रीलङ्का रहेको छ । यस्तै समूह ‘ए’ मा माल्दिभ्स, साविक विजेता बङ्गलादेश र भुटान रहेका छन् ।

लिगकम नकआउटका आधारमा खेलाइने च्याम्पियनसिपमा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।