राधा लुइटेल
फिदिम, फागुन २८ गते। पाँचथरको फिदिममा जारी पाँचौँ संस्करणको फाल्गुनन्द गोल्डकपमा आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदैछ। बुधबार तीन बजे मच्छिन्द्र फुटबल क्लब काठमाडौँ र इन्ट्रा पथरी फुटबल क्लब मोरङ बिच पहिलो चरणको खेल हुने आयोजक पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिनुभयो ।
मच्छिन्द्र क्लब क्वटरफाइनलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै सेमी फाइनलमा प्रवेश गरेको हो भने पथरी आयोजक पाँचथर क्लबलाई हराँउदै सेमी फाइनमा पुगेको हो ।
अन्तिम सेमिफाइनलमा नमो बुद्व फुटबल क्लब सप्तरी र चर्च ब्वाइज क्लब काठमाडौँले प्रतिस्पर्धा गर्ने छन्।
फाइनल खेल चैत २ गते हुने तालिका छ। फागुन २४ गते सुरु भएको पाँचौं संस्करणको पाँचथर गोल्डकपमा नेपाल र भारतका आठ टिम सहभागी थिए। जसमध्ये भारतको हिल्स एकेडेमी, हिमालयन शेर्पा, नेपाल पुलिस क्लब, चर्च ब्वाइज क्लब काठमाडौँ र आयोजक पाँचथर क्लब पहिलो चरणबाट बाहिरिएका छन् ।
यस संस्करणका विजेताले नगद ११ लाख एक हजार एक सय ११ र उपविजेताले पाँच लाख ५ हजार पाँच सय ५५ रुपियाँ नगद पुरस्कारसहित ट्रफी मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।