• २६ फागुन २०८१, सोमबार

मच्छिन्द्र पाँचथर गोल्डकपको सेमिफाइनलमा

blog

सोमबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

राधा लुइटेल

फिदिम, फागुन २६ गते । मच्छिन्द्र फुटबल क्लब पाँचौँ पाँचथर गोल्प कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फिदिम माविको मैदानमा सोमबार भएको खेलमा मच्छिन्द्रले हिमालयन सेर्पा क्लबलाई २–१ गोलले हरायो । मच्छिन्द्रको जितमा मच्छिन्द्रको जीतमा स्टेफेन र जय गुरुङले गोल गर्नुभयो । हिमालयन सेर्पाका लागि सुजन स्याङतानले सान्त्वना गोल गर्नुभयो । 

मच्छिन्द्रका विशाल घलान म्यान अफ दि म्याच बन्दै ७५ सय रुपियाँ पुरस्कार पाउनुभयो । मङ्गलबार नेपाल पुलिस क्लव र नमोबुद्व फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।