• २८ फागुन २०८१, बुधबार

ब्वाइज युनियन र नयाँबस्तीको बराबरी

blog

बल खोस्ने प्रयास गर्दै ब्वाइज युनियन र नयाँबस्तीका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, फागुन २८ गते । ब्वाइज युनियन क्लब र नयाँबस्ती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।

एन्फा मुख्यालय मैदान सातदोबाटोमा बुधबार भएको खेलमा ब्वाइज युनियन र नयाँबस्ती गोलरहित बराबरीमा रोकियो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा एक एक अङ्कमा चित्त बुझाएका हुन् । 

लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । 

यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।