कमाठमाडौँ, फागुन २७ गते । मध्यपुर युथ एसोसिएसन र टुसाल युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।
एन्फा मुख्याल मैदान सातदोबाटोमा मङ्गलबार भएको खेलमा मध्यपुर र टुसाल १–१ गोलको बराबरीमा रोकिए । खेलमा सुरुवाती अग्रता मध्यपुरले लिएको थियो । मध्यपुरका लागि ४१औँ मिनेटमा सन्तोष गोङ्गबाको गोलका अग्रता लिएको थियो ।
त्यसपछि ६६औँ मिनेटमा टुसालका विनोद नेम्वाङले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । बराबरीसँगै दुवै टोलीले एक एक अङ्क जोडेका छन् ।
लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।