• २६ फागुन २०८१, सोमबार

वालिङको विजयी सुरुवात

blog

पहिलो दिन प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखपात्र

अर्जुन काफ्ले 

स्याङ्जा, फागुन २६ गते । प्रथम पिङ्क सिटी महोत्सव कप–२०८१ पुरुष भलिबलमा वालिङ नगरपालिकाले विजयी सुरुवात गरेको छ । 

वालिङ चेम्बर अफ कमर्सद्वारा आयोजित स्याङ्जा जिल्ला पालिका स्तरीय प्रतियोगितामा सोमबार वालिङले चापाकोट नगरपालिकालाई ३–१ को सेटमा हरायो । वालिङले २५–२३, २७–२९, २५–२२, २५–१९ को जित निकालेको हो । 

प्रतियोगितामा वालिङ, चापाकोट, पुतलीबजार, गल्याङ, भीरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकाको सहभागिता रहेको छ । चैत २ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टिमले एक लाख ५५ हजार रुपियाँ र उपविजेताले एक लाख ५ हजार रुपियाँ पुरस्कार पाउनेछ । 

यस्तै तेस्रोलाई ५५ हजार र चौथोलाई ३० हजार। सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार तथा विधागत उत्कृष्टलाई जनही तीन तीन हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।