• २६ फागुन २०८१, सोमबार

किङकमलाई भेट्रान्स कप उपाधि

blog

उपाधिसहित किङकम भेट्रान्स काठमाडौँका खेलाडी ।

राममणि दाहाल

मकवानपुर, फागुन २६ गते । १०औँ हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाडौँले चुमेको छ । 

हेटौँडामा सोमबार सम्पन्न फाइनल खेलमा किङकमले फ्रिडम फाइटर भेट्रान्स काठमाडौँलाई टाईब्रेकरमा ३–२ गोलले हरायो । किङकमले उपाधिसँगै एक लाख ५० हजार पाँच सय ५५ रुपियाँ पुरस्कार पायो । उपविजेता फ्रिडम फाईटर भेट्रान्सले ७५ हजार पाँच ५५ रुपियाँ पायो । 

हेटौँडा भेट्रान्स क्लबको आयोजनामा भएको प्रतियोगितामा सर्वश्रेष्ठ कोच किङकम भेट्रान्सका राजकुमार पन्त, फरवाड सरोज थापा, उत्कृष्ट गोलकिपर अमित प्रधान, उत्कृष्ट डिफेन्स सञ्जय राना मगर र उत्कृष्ट मिडफिल्डर घोषित भई जनही पाँच हजार रुपियाँ र ट्रफी प्राप्त गर्नुभयो । 

यस्तै प्रतियोगिताको सर्वउत्कृष्ट खेलाडी फ्रिडम फाईटरका तेन्जिङ लामा घोषित भई १० हजार रुपियाँसँगै ट्रफी प्राप्त गर्नुभयो । विजेतालाई हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मिना कुमारी लामाले पुरस्कार प्रदान गर्नुभयो ।