काठमाडौँ, फागुनज २६ गते । युगान्डामा जारी महिला टी–२० क्रिकेट सिरिजको तेस्रो खेलमा आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्देछ ।
एन्टेब्बे क्रिकेट ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको छ । नेपाल आज सिरिजमा लगातार दोस्रो जित निकाल्ने प्रयासमा छ ।
यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो । आइतबार भएको दोस्रो खेलमा नेपालले आयोजक युगान्डामाथि एक विकेटको रोमाञ्चक जित हिात पारेको थियो ।
सिरिजमा सहभागी चार टोलीले एक आपसमा दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीबिच उपाधिका लागि भिडन्त हुनेछ ।