• २६ फागुन २०८१, सोमबार

सुदूरपश्चिम, आर्मी र पुलिस विजयी

blog

सतक हानेपछि सुदूरपश्चिमका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, फागुन २६ गते । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सोमबार सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब र साविक विजेता नेपाल पुलिस क्लब विजयी भएको छ । 

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले गण्डकीलाई ६ विकेटले हरायो । सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा आर्मीले बागमती प्रदेशलाई एक सय ३४ रनले पराजित गर्‍यो ।

यस्तै  भैरहवाको एक्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको अर्को खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो ।