आर्मीलाई हराउँदै पुलिस च्याम्पियन
वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा बिहीबार भएको फाइनल चरणको तेस्रो तथा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
अर्जुन ट्रफीको अनावरण
गो ड्रिमर्सको आयोजनामा आगामी माघ १९ गतेदेखि २८ गतेसम्म धनगढीमा आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ ।
जय ट्रफी : आर्मीविरुद्ध पुलिस ९५ रनले अगाडि
‘जय ट्रफी मेन्स एलाइट कप’ को फाइनल खेलको दोस्रो दिनको खेल सकिँदा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबबिरुछ ९५ रनको अग्रता लिएको छ ।
झापा गोल्डकपको अध्यक्षमा गिरी
झापा गोल्डकपको अध्यक्षमा केदार गिरी सर्वसम्मत चयन हुनुभएको छ ।
बागमतीमाथि एपिएफको सहज जित
सातदोवाटोस्थित एन्फा मैदानमा बुधबार भएको एकपक्षीय खेलमा एपिएफले बागमतीलाई ६–० गोलले हरायो ।
खोखो विश्वकप : नेपालले ब्राजिललाई हरायो
भारतमा जारी खोखो विश्वकपमा नेपालले ब्राजिललाई हराएको छ । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा बुधबार भएको खेलमा पुरुषतर्फ नेपालले ब्राजिललाई १३४–८ ले हरायो ।
प्रधानमन्त्री कप : एपिएफको दोस्रो जित
विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित
आइसिसी यु–१९ महिला टी–२० विश्वकपका लागि मलेसियामा रहेको नेपाली महिला टोली दोस्रो अभ्यास खेलमा अमेरिकासँग पराजित भएको छ ।
बीबीसीलाई भेट्रान फुटबल उपाधि
जावलाखेल मैदानमा मङ्गलबार भएको फाइनलमा बीबीसीले आयोजक कुसुन्ती ‘बी’ लाई २–० गोलले हरायो ।
वालिङलाई पुलिसले सजिलै हरायो
सातदोवाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा पुलिसले वालिङलाई ४–१ गोलले हरायो ।
जय ट्रफी फाइनल : पहिलो दिन पुलिसको ८५ रन
मौसमका कारण ढिलो सुरु भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले आफ्नो इनिङ्समा १७ ओभरमा दुई विकेटको क्षतिमा ८५ रन बनाएको छ ।
प्रधानमन्त्री कप : एपिएफको सानदार जित
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा एपीएफले कर्णालीलाई एक सय ११ रनले हरायो ।
यु–१९ महिला टी–२० विश्वकपको ट्रफी सार्वजनिक
मलेसियाको राजधानी क्वालालम्पुरको सिटी सेन्टरस्थित पेट्रोनास ट्वीन टावरमा मङ्गलबार विश्वकप खेल्ने १६ वटै देशका कप्तानले संयुक्त रुपमा विश्वकप ट्रफी सार्वजनिक गरेका हुन् ।
सुदूरपश्चिमको विजयी सुरुवात
सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
पिएसएलमा विकेनन् नेपाली क्रिकेटर
पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेटको लागि ड्राफमा रहेका नेपालका सात खेलाडी विक्री भएनन् ।
खजुरा मेयर रनिङ शिल्डको उपाधि जनता माविलाई
बाँकेको खजुरामा सम्पन्न भएको सातौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८१ को उपाधि जनता मावि सन्तकुटीले जितेको छ ।
बागमतीमाथि आर्मीको सहज जित
सुपर लिग अन्तर्गत एन्फा मैदान सातदोबाटोमा सोमबार भएको खेलमा आर्मीले बागमतीलाई ३–० गोलले हरायो ।
अग्रिम शैंजुलाई जुनियर चेस उपाधि
नेपाल-भारत मैत्री विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालका अग्रिम शैंजुले जित्नुभएको छ ।
राखेप उपाध्यक्ष आचार्यद्वारा पद वहाली
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यले सोमबार पद वहाली गर्नुभएको छ ।
अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित
आइसिसी यु–१९ महिला टी–२० विश्वकपका लागि मलेसियामा रहेको नेपाली महिला टोली पहिलाे अभ्यास खेलमा वेस्ट इन्डिजसँग पराजित भएको छ ।
स्पेनिस सुपर कपमा बार्सिलोना च्याम्पियन
स्पेनिस सुपर कप फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । साउदी अरेबियामा आइतबार राति भएको खेलमा बार्सिलोनाले चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ५–२ गोलले हराउँदै उपाधि उचालेको हो ।
‘फोर नेसन्स कप’ मा नेपालको पहिलो खेल किर्गिस्तानसँग
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु मैदान दशरथ रङ्गशालामा खेल्न लागेको ‘फोर नेसन्स कप’ मा नेपालको पहिलो प्रतिद्वन्द्वी किर्गिस्तान परेको छ ।
महिला टोलीले त्रिकोणात्मक सिरिज खेल्ने
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले नेदरल्यान्ड्स र थाइल्यान्डसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्ने भएको छ ।
पानवारी एफसीलाई मच्छिन्द्र कप उपाधि
मच्छिन्द्र कपको उपाधि पानवारी फुटबल क्लबले जितेको छ । प्रस्तावित केराबारी रङ्गशालामा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा पानवारीले दमकलाई टाइब्रेकरमा ४–२ गोलले हरायो ।