• १० चैत २०८१, आइतबार

च्याम्पियन्स ट्रफी विजेता भारतीय टोलीलाई ५८ करोड पुरस्कार

blog

फाइनलमा रन बनाएपछि भारतका खेलाडी ।

काठमाडौँ, चैत ७ गते । दुईमा हालै सम्पन्न आइसिसी च्याम्पियन्स ट्रफी विजेता भारतीय टोलीका खेलाडीलाई भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले ५८ करोड भारतीय रुपियाँ पुरस्कार घोषणा गरेको छ ।

बिसिसीआईले बिहीबार टोलीका खेलाडीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । फाइनलमा भारतले न्युजिल्यान्डलाई चार विकेटले हराउँदै उपाधि जितेको थियो । भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको च्याम्पियन भएको हो । यसअघि सन् २००२ र २०१३ मा पनि भारत विजेता बनेको थियो । 

बिसिसीआईका अध्यक्ष रोजर बिन्नीले उपाधि जित्नु भारतीय क्रिकेटका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै खेलाडीको मेहनतको सम्मान स्वरुप नगर पुरस्कार घोषणा गरेको बताउनुभयो । एजेन्सी