प्रधानमन्त्री कप : एपिएफ च्याम्पियन
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हरायो ।
आर्मीलाई हराउँदै एपिएफ फाइनलमा
विभागीय टोली नेपाल एपिएफ क्लब एन्फा राष्ट्रिय महिला लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
टाइगर कप भलिबल : ट्राभल इन्क्वारीमाथि एपिएफको जित
पोखरा रङ्गशालामा शनिबार बिहान भएको खेलामा एपिएफले ३–२ सेटले खेल जितेको हो ।
हाफ म्याराथनमा राजन र सन्तोषी च्याम्पियन
त्रिभुवन आर्मी क्लबका राजन रोकाय र धादिङकी सन्तोषी श्रेष्ठले राइट टु प्रोटिन रन हाफ म्याराथन उपाधि जित्नुभएको छ ।
बागमतीमाथि सुदूरपश्चिमको जित
कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।
फिदिम र विर्तामोड फिदिम भेट्रान्स गोल्डकपको फाइनलमा
आयोजक फिदिम स्पोर्टिङ क्लब र रेड स्टार भेट्रान्स विर्तामोड पाँचथरको फिदिममा जारी दोस्रो फिदिम भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
विश्वकपमा नेपालको पहिलो जित: प्लेअफमा मलेसिया ७ विकेटले पराजित
नेपाली यु–१९ महिला टिमले विश्वकपमा पहिलो जित दर्ता गरेको छ। समूह चरणका तीन खेलमा पराजित भएको नेपालले प्लेअफ म्याचमा मलेसियालाई ७ विकेटले हराएको हो।
प्रधानमन्त्री कप : एपिएफको सहज जित
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीमाथि सहज जित निकालेको छ ।
विर्तामोड र दुधे फिदिम भेट्रान्स गोल्डकपको सेमिफाइनलमा
झापाका दुईवटा टिम फिदिममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन्।
रिपोर्टर राइनोज च्याम्पियन
नखिपोटस्थिट फुटसल भिजेलमा बिहीबार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० गोलले हरायो ।
रोस नेपाली फुटबल टोलीको प्रशिक्षक
अखिल नेपाल फुटबल सङ्घले प्रशिक्षकका लागि आवेदन परेको विभिन्न देशका प्रशिक्षकहरूबाट रोसलाई छनोट गरेको हो ।
लिग च्याम्पियन चर्च ब्वाइजलाई हराउँदै सङ्कटा सेमिफाइनलमा
दशरथ रङ्गशालामा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सङ्कटाले चर्च ब्वाइजलाई ३–० गोलले हरायो ।
प्रधानमन्त्री कप : आर्मीले सुदूरपश्चिमलाई हरायो
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई १४ रनले हरायो ।
च्याम्पियन्स लिगमा रियलको सहज जित
घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले पाहुना टोली आरबी साल्जबर्गलाई ५–१ गोलले हरायो ।
अर्जुन ट्रफी : उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने
क्रिकेटको सहर धनगढीमा माघ १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने अर्जुन ट्रफी टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
सुपरफोर खेलमा एपिएफको सानदार जित
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुपरफोर खेलमा विभागीय टोली एपिएफले बागमती प्रदेशविरुद्ध शानदार जित निकालेको छ ।
चन्द्रकोटमा राष्ट्रपति रनिङ शिल्ड हुने
गुल्मीको चन्द्रकोट गाउँपालिकाको आयोजनामा छैटाैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यस गाउँपालिकाको वडा नम्बर–४, शान्तिपुरस्थित उदय मावि र चक्रेश्वर इङलिस बोर्डिङ स्कुलमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुनमा
भूतपूर्व खेलाडी मञ्चले बर्सेनी आयोजना गर्दै आएको म्याराथन यो पटक पनि हुने भएको छ ।
एपिएफले आर्मीलाई हरायो
सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको विभागीय डर्बीमा एपिएफले आर्मीलाई २–१ गोलले हरायो ।
‘राइट टु प्रोटिन’ दौडको तयारी पूरा
चौथो संस्करणको ‘राइट टु प्रोटिन’ दौड आगामी माघ १२ गते हुने भएको छ । नेपाल भेटेनरी सङ्घको आयोजनामा हुने दौडको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
जय नेपाल कप : मध्यपश्चिम विद्यालयको दोस्रो जित
कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको समूह ‘बी’ को खेलमा मध्यपश्चिमले काठमाडौँ विश्वविद्यालय (केयू) लाई एक सय ३८ रनले हरायो ।
नेपाल र चीनको युवान प्राप्तबिच युथ फुटबल हुने
नेपाली युवा टोलीले आगामी फेब्रुअरी १५ तारिख चीनको युनान प्रान्तको युवा टोलीसँग दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
यु–१९ महिला विश्वकप : नेपालको लगातार तेस्रो हार
समूह ‘डी’ अन्तर्गत मलेसियाको वाइएसडी युकेएम ओभल मैदानमा बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भयो । लगातार तेस्रो हारसँगै नेपाल विश्वकपबाट बाहिरिएको छ ।
कतारमा ग्रान्ड प्रिक्स फेन्सिङ खेल्दै भीष्मराज र सागर
नेपालका राष्ट्रिय फेन्सिङ खेलाडी भीष्मराज दाहाल (टार्जन) र सागर थापाले कतारको दोहामा माघ १० देखि १२ गतेसम्म आयोजना हुने ग्रान्ड प्रिक्स डु कतार फेन्सिङ प्रतियोगितामा सहभागिता जनाउनु हुनेभएको छ ।