चन्दा उठाएर बक्सिङमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै चिरण
किक बक्सिङका खेलाडी चिरण राईले चन्दा सङ्कलन गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने तयारी गर्नुभएको छ । सुनकोशी गाउँपालिका–४ ओखलढुङ्गाका २४ वर्षीय राईले सन् २०२५ फेब्रुअरी १ देखि ५ तारिखसम्म भारतमा हुन गइरहेको प्रतियोगितामा सहभागी हुन आर्थिक सङ्कलन थाल्नुभएको हो ।
सुस्माको ह्याट्रिकमा वालिङको पहिलो जित
सातदोबाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा वालिङले बागमती युवा क्लबलाई ३–१ गोलले हरायो । वालिङको जितमा सुस्मा तामाङले ह्याट्रिक गर्नुभयो ।
सन्दीपलाई एक खेल प्रतिबन्धको कारबाही
नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई एक खेल प्रतिबन्धको कारबाही गरिएको छ ।
प्रधानमन्त्री कप : मधेशलाई हराउँदै बागमती सुपर फोरमा
बागमती प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ ।
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तयारी
२५औँ पुरुष र १० औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता माघ १३ देखि १९ गतेसम्म हेटौंडामा हुने भएको छ ।
अन्नपूर्ण र बेनीलाई भलिबल उपाधि
म्याग्दीको बेनीमा सम्पन्न खुला महिला भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिका र प्रदेश स्तरीय अन्तर पालिका पुरुष भलिबलको उपाधि बेनी नगरपालिकाले जितेको छ ।
कोशी प्रदेशमाथि त्रिभुवन आर्मीको सहज जित
प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले कोशी प्रदेशमाथि सहज जित निकालेको छ ।
राष्ट्रपति रनिङशिल्डको उपाधि सिरानचोक गाउँपालिकालाई
गोरखामा भएको जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि सिरानचोक गाउँपालिकाले हात पारेको छ । गएको आइतबारदेखि भएको १२ औं जिल्ला राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सात स्वर्ण, नौ रजत र तीन कास्य गरी कुल १९ पदक हात पार्दै सिरानचोक गाउँपालिकाले उपाधी हात पारेको हो ।
१५ औं रनिङ् शिल्ड खेलकुदको उपाधि दीपज्योति र हिमालय विद्यालयलाई
कोहलपुर क्षेत्रका संस्थागत विद्यालय सङ्गठन बाँके (क्रिसा) को आयोजनामा भएको १५औं रनिङ् शिल्ड खेलकुद प्रतियोगिता-२०८१ मा मावितर्फ दीपज्योति र आधारभूत विद्यालयतर्फ हिमालय विद्या निकेतनले उपाधि जितेको छ ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि रेसुङ्गालाई
गुल्मीको रेसुङ्गा नगरपालिकाको आयोजनामा भएको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रेसुङ्गा माध्यमिक विद्यालयले जितेको छ।
पुलिस डर्बीमा एपिएफको वाजी
एन्फा मैदान सातदोवाटोमा सोमबार भएको पुलिस डर्बीमा एपिएफले नेपाल पुलिसलाई २–० गोलले हरायो ।
उपविजेता खो खो टोली स्वदेश फर्कियो
पहिलो खो खो विश्वकपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोली स्वदेश फर्किएको छ ।
प्रधानमन्त्री कप : बागमती र कोशी विजयी
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सोमबार बागमती प्रदेश र कोशी प्रदेश विजयी भएको छ ।
खेलकुद संस्कृति, विचार र विविधतालाई जोड्ने कडी: प्रथम राष्ट्रपति यादव
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले खेलकुदमार्फत विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउन सकिने बताउनुभएको छ ।
पूरा हुँदै विनोदको ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ सपना
विनोदको क्रिकेट प्रतिको मोहले तिलोत्तमा नगरपालिकाको वडा नम्बर–१७ दरखसवामा निर्माण गरिएको ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ ले शिलान्यास गरिएको २० महिनामै अहिले अन्तर्राष्ट्रिय स्वरुप निर्धारण गरेको छ ।
यु–१९ महिला विश्वकप : नेपालको दोस्रो हार
नेपालले मलेसियाका जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा दोस्रो हार खेपेको छ । समूह ‘डी’ अन्तर्गत मलेसियाको युकेएम ओभल मैदानमा सोमबार भएको दोस्रो खेलमा नेपालले स्कटल्यान्डसँग एक विकेटले पराजित भयो ।
खो खो विश्वकप : महिलामा नेपाल उपविजेता
नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी इन्डोर हलमा आइतबार भएको फाइनलमा नेपाल आयोजक भारतसँग ७८–४० ले पराजित भयो ।
पहिलो पटक ह्वीलचियर टेनिस
नेपालमा पहिलो पटक ह्विलचियर टेनिस खेलको प्रतियागिता सम्पन्न भएको छ ।
वालिङमाथि आर्मीको सनसनीपूर्ण जित
विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिकाविरुद्ध सनसनीपूर्ण जित निकालेको छ ।
सुनसरीमा हिसान स्पोर्टस् मिटको तयारी
सुनसरीका नीजि विद्यालय तथा उच्च शिक्षालयको छाता सङ्गठन हिसान सुनसरीको आयोजनामा माघ १३ गतेबाट इटहरीमा हुने हिसान स्पोर्टस् मिटको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रधानमन्त्री कप : मधेश २५ रनमै अलआउट
मधेश प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा २५ रनमै अलआउट भएको छ ।
बाँकेमा मेयर कप फुटबल प्रतियोगिताको तयारी
बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता माघको २६ गते देखि हुने भएको छ ।
बौद्धिकाली नवलपुरलाई भलिबल उपाधि
कारिकोट स्पोर्टस् क्लबले माघे सङ्क्रान्तीमा आयोजित पालिका स्तरीय तेस्रो वडाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि बौद्धिकाली गाउँपालिका नवलपुरले जितेको छ ।
कांग्रेस सभापति कप : नकआउट फुटबलमा सर्वाधिक पुरस्कार
नेपाली कांग्रेस अन्तर्गत नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा माघ १० गतेदेखि दशरथ रङ्गशालामा हुने सभापति कप फुटबलको उद्घाटन खेलमाचर्च ब्वाइज र सङ्कटा क्लब भिड्ने भएका छन् ।