• ६ माघ २०८१, आइतबार

पहिलो पटक ह्वीलचियर टेनिस

blog

उपाधि विजेता खेलाडी ।

काठमाडौँ, माघ ६ गते । नेपालमा पहिलो पटक ह्विलचियर टेनिस खेलको प्रतियागिता सम्पन्न भएको छ ।

नेपाल ह्विलचियर टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको पुरुषमा प्रथम रामबहादुर तामाङले १५ हजार, दोसो सागर पाण्डेले१० हजार र तेस्रो खुम पाण्डेले पाँच हजार रुपियाँसहित ट्रफी हात पार्नुभयो । 

महिलातर्फ प्रथम अनुकला राईले  १५ हजार, दोश्रो गंगा छन्त्यालले १० हजार र तेश्रो झरना रानाले पाँच हजारसहति ट्रफी पाउनुभयो । 

विजेतालाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य रामचन्द्र श्रेष्ठलगायतले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

ह्विलचियर टेनिस संघका अध्यक्ष विकास थापाले अब हुने राष्ट्रिय पारा गेम सुर्खेत मै हुने जानकारी दिनुभयो ।