• ६ माघ २०८१, आइतबार

प्रधानमन्त्री कप : मधेश २५ रनमै अलआउट

blog

काठमाडौँ, माघ ६ गते । मधेश प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा २५ रनमै अलआउट भएको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबार भएको खेलमा मधेशलाई कम स्कोरमा समेट्दै विभागीय टोली त्रिभुवन आर्मी १० विकेटको सहज जित निकाल्यो ।

जितका लागि मधेशले दिएको २६ रनको लक्ष्य आर्मीले २.५ ओभरमा २९ रन जोड्दै पूरा गरेको हो । आर्मीका लागि संझना खड्काले अविजित २२ र अन्जली विश्वकर्माले चार रन बनाउनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेशले १५.२ ओभरमा सबै विकेटको क्षतिमा २५ रन मात्र बनाएको थियो । मधेशका लागि भुमि सिंहले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

मधेशलाई सस्तैमा समेट्न आशा पुलामीमगरले तीन विकेट लिनुभयो । मनिषा चौधरी र लक्ष्मी साउदले दुई दुई तथा इश्वरी विष्ट र सिता शाहीले एक एक विकेट लिनुभयो ।