काठमाडौँ, माघ ७ गते । एन्फा राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत सुपर लिगको दोस्रो चरणमा एपिएफ क्लबले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ ।
एन्फा मैदान सातदोवाटोमा सोमबार भएको पुलिस डर्बीमा एपिएफले नेपाल पुलिसलाई २–० गोलले हरायो । पुलिसको जितमा रश्मीकुमारी घिसिङ र कप्तान अनिता केसीले गोल गर्नुभयो ।
अपराजित एपिएफले लगातार सातौँ जितसँगै २१ अङ्क बनाएको छ । आठ खेलबाट ११ अङ्क बनाएको पुलिस तेस्रो स्थानमा छ । एपिएफले अन्तिम खेल अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । दोस्रो स्थानमा रहेको आर्मीको १६ अङ्क छ ।