काठमाडौँ, माघ ९ गते । मध्यपश्चिम विश्वविद्यालयले जय नेपाल कप टी–२० क्रिकेट प्रतियोगितमा लगातार दोस्रा जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको समूह ‘बी’ को खेलमा मध्यपश्चिमले काठमाडौँ विश्वविद्यालय (केयू) लाई एक सय ३८ रनले हरायो ।
जितका लागि एक सय ९३ रनको लक्ष्य पछ्याएको केयू १४.२ ओभरमा ५८ रनमा अलआउट भएको थियो । केयूका लागि दिवस सुवेदीले ३१ र इशान पाण्डेले १० रन बनाउनुभयो । बलिङमा मध्यपश्चिमका विपिन खत्रीले पाँच विकेट लिनुभयो ।
यसअघि पहिले ब्याटिङ गरेको मध्यपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ९२ रन बनाएको थियो । मध्यपश्चिमका लागि राजकुमार साहले ६२ र सुवास भण्डारीले ३९ रन बनाउनुभयो । बलिङमा केयूका सुप्रिम बस्नेतले तीन विकेट लिनुभयो ।