नेपालकी पूजा आइसिसी ‘टिम अफ द टुर्नामेन्ट’ मा पर्न सफल
नेपालकी कप्तान पूजा महतो आइसिसी यु–१९ महिला टी–२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा पर्नुभएको छ ।
वडाध्यक्ष कप क्रिकेटमा भण्टाबारी च्याम्पियन
सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरमा सम्पन्न वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको उपाधी भण्टाबारीले जितेको छ ।
अर्जुन ट्रफी : डडेल्धुराको लगातार दोस्रो जित
आज भएको खेलमा बोष्टन क्रिकेट झापालाई डडेल्धुराले ७७ रनले पराजित गरेको हो ।
विश्वकप उपविजेता खोखो खेलाडीलाई सम्मान
हालै सम्पन्न खोखो विश्वकप प्रतियोगितामा उपविजेता बनेको खोखो नेपाली टिमका खेलाडीलाई नगदसहित सम्मान गरिएको छ ।
चन्द्रकोटको राष्ट्रपति रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई
गुल्मीको चन्द्रकोट गाउँपालिकाको आयोजनामा भएको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ज्ञानोदय माध्यमिक विद्यालय मजुवाले जितेको छ।
आठौँ कोहलपुर मेयर कप प्रतियोगितामा कृष्ण मावि प्रथम
आठौँ कोहलपुर मेयरकप तथा सत्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनोट प्रतियोगिता–२०८१ सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा आठौँ अन्तर आवि/मावि मेयर कप रनिङ शिल्ड तथा १७औँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनोट प्रतियोगिता–२०८१ आइतबार सम्पन्न भएको हो ।
डिभिजन खेल्ने १२ क्लबलाई नगद पुरस्कारसहित सम्मान
ललितपुर महानगरपालिकाले आफ्नो नगरभित्र रहेका नेपाली फुटबल लिगको विभिन्न डिभिजन खेल्ने १२ वटा क्लवलाई सम्मान गरेको छ ।
बुढासुब्बा गोल्डकप : युकेएफसी भारतको जित
२५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटर फाइनल खेलमा आयोजक धरान फुटबल क्लब बाहिरिएको छ ।
दोस्रो सशस्त्र प्रहरी महानिरीक्षक कप : आयोजक एपिएफको विजयी सुरुवात
दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता सुरु भएको छ।
यु–१९ महिला विश्वकप : दक्षिण अफ्रिकालाई हराउँदै भारत च्याम्पियन
यु–१९ महिला टी–२० विश्वकपको उपाधि भारतले जितेको छ । मलेसियामा आइतबार भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई नौ विकेटले हराउँदै उपाधि जितेको हो ।
फुटबल क्लबलाई ललितपुर महानगरको सम्मान
ललितपुर महानगरपालिकाले ललितपुरका ए, बी, सी डिभिजन तथा विभिन्न मोफसल प्रतियोगिताका विजेता क्लबहरूलाई आइतबार एक समारोहबिच नगद पुरस्कारसहित सम्मान गरेको छ ।
टाइगर कप भलिबल : एपिएफलाई स्तब्ध बनाउँदै आयोजकलाई उपाधि
आयोजक टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि जितेको छ ।
नेपालको लगातार तेस्रो हार
कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भयो । यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल शनिबार थाइल्यान्डसँग चार विकेटले पराजित भएको थियो ।
क्यानले सम्झाैता नवीकरण नगरेपछि प्रशिक्षक माेन्टीको धन्यवाद
क्यानले सम्झौता नवीकरण नगर्ने भएपछि प्रशिक्षक मोन्टीले सामाजिक सञ्जालमार्फत नेपालीलाई धन्यवाद दिनुभएको छ । आइतबार उहाँले सामाजिक सञ्जालमम लेख्नुभएको छ, ‘‘प्रिय नेपाल यो बिदाइ होइन, यो धन्यवाद हो ।’’
नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य
महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको तेस्रो खेलमा जितमा लागि नेदरल्यान्ड्सले नेपाललाई एक सय ४१ रनको लक्ष्य दिएको छ ।
महिला अन्तर्राष्ट्रिय क्रिकेट : टस हारेर पहिले बलिङ गर्दै नेपाल
त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आजको खेलमा नेपालले टस हारेर नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
अर्जुन ट्रफी क्रिकेट : अत्तरियाले बैतडीलाई हरायो
कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो खेलमा सिवाइसी अत्तरिया विजयी भएको छ ।
बुढासुब्बा गोल्डकप : चर्च बोइज युनाइटेड सेमिफाइनलमा
२५ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा चर्च बोइज युनाइटेडले विजय सुरुवात गरेको छ ।
आँबुखैरेनी अध्यक्ष कपको उपाधी प्रहरीलाई
तनहुँको आबुँखैरेनी गाउँपालिकाको आयोजनामा गरिएको दोस्रो अध्यक्ष कप भलिवल प्रतियोगिताको उपाधी इलाका प्रहरी कार्यालय आबुँखैरेनीले जितेको छ ।
तेस्रो डम्बर रानाभाट स्मृति कपको च्याम्पियन पुलिस
बाँकेको खजुरामा भएको ‘तेस्रो डम्बर रानाभाट स्मृति कप–२०८१’ प्रतियोगिताको उपाधी जिल्ला प्रहरी कार्यालय बाँके टिमले उचालेको छ । बाँके खजुरा ३ स्थित धौलागिरी विद्यालयको खेल मैदानमा भएको फाइनल प्रतिस्पर्धामा पेनाल्टी सुटको आधारमा जिल्ला प्रहरी बाँकेको टिमले उपाधी उचाल्न सफल भएको हो ।
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट : डडेल्धुराको विजयी सुरुवात
कैलालीको धनगढीमा शनिबारदेखि सुरु भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा फ्रेन्डर्स क्लब डडेल्धुराले विजयी सुरुवात गरेको छ ।
थुम्बेदिनले जित्यो मुन्धुङ्गे कप भलिबल उपाधि
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ लिवाङमा सम्पन्न पाँचौं मुन्धुङ्गे कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि थुम्बेदिनले जितेको छ।
रुपेश र सिन्दिरालाई राष्ट्रिय बुद्धिचाल उपाधि
नेपाल बुद्धिचाल महासङ्घले ११ चरणको राउन्ड रोविन प्रतिस्पर्धा सम्पन्न गर्दै एफएम रुपेश जैसवाल र सिन्दिरा जोशीलाई पुरुष र महिला राष्ट्रिय च्याम्पियन बनाएको छ ।
त्रिकोणात्मक टी–२० सिरिज : नेपालको दोस्रो हार
त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नेपाल थाइल्यान्डसँग चार विकेटले पराजित भयो । नेपाल सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो ।