काठमाडौँ, चैत ७ गते । नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनको आयोजनामा चैत ८ र ९ गते हुने वोङ्छु पिक एन्ड मुसा मसला नेसनल स्पोर्ट्स क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरा भएको छ ।
आयोजकले एसोसिएसनका अनुसार कालधारा पकनाजोलस्थित काठमाडौँ स्पोर्ट्स क्लाइम्बिङ सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा पुरुष १३ र महिला ६ गरी १९ खेलाडीको सहभागिता रहनेछ ।
प्रतियोगिताको पुरुष र महिला दुवैका विजेताले ५० हजार, उपविजेताले ३० तथा तेस्रो हुनेले २० हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रतियोगितालाई आवश्यक प्राविधिक सहयोग गर्न इन्डियन माउन्टेनिरिङ फाउन्डेसन (आईएमएफ) का चिफ रुट सेटर विवश रोए नेपाल आउनुभएको छ ।