• ६ चैत २०८१, बुधबार

आर्मीलाई राष्ट्रिय ह्यान्डबल उपाधि

blog

उपाधिसहित आर्मीका खेलाडी ।

काठमाडौँ, चैत ६ गते । पोखरामा सम्पन्न पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि त्रिभुवन आर्मीले चुमेको छ । पोखरामा सम्पन्न प्रतियोगिताको फाइनलमा आर्मी घरेलु टोली गण्डकीलाई ३७–३२ ले हराउँदै च्याम्पियन भएको हो । 

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको फाइनलमा गण्डकीले बिचमा अग्रता जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । आर्मीका लागि निर्मलबाबू श्रेष्ठले सर्वाधिक १६ गोलको योगदान दिनुभयो । उपाधिसँगै आर्मीले एक लाख रुपियाँ पुरस्कार पायो । उपविजेता गण्डकीले ५० हजार रुपियाँ पायो । 

यस्तै तेस्रो भएको एपिएफ क्लब ३० हजार रुपियाँ पायो । सर्वोत्कृष्ट खेलाडी आर्मीका निर्मलबाबु श्रेष्ठ घोषित हुनुभयो । यस्तै उत्कृष्ट गोलरक्षक गण्डकीका विशाल नेपाली, एपीएफका दीपेन्द्र बुढाथोकी उच्च गोलकता बन्नुभयो । उत्कृष्ट सबैल जनही पाँच हजार रुपियाँ पाउनुभयो ।

प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र विभागिय टोलीे त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबको सहभागिता रहेको थियो ।