• ८ चैत २०८१, शुक्रबार

प्रधानमन्त्री कप : पुलिसको सातौँ जित

blog

पुलिसका खेलाडी । फाइल तस्बिर

काठमाडौँ, चैत ७ गते । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार सातौँ जित निकालेको छ ।

बुटबलको एक्स्ट्राटेक ओभल मैदानमा बिहीबार भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ९३ रनले हरायो । जितका लागि पुलिसले दिएको दुई सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा सवै विकेटको क्षतिमा दुई सय चार रनमा समेटिएको थियो । 

बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ७० रन बनाउनुभयो । शुभ कंशाकरले ३६, विपिन आचार्यले २०, सूर्य तामाङले १७, प्रतिश जिसीले १४ र आशुतोष घिरैयाले १२ रन बनाउनुभयो । बलिङमा पुलिसका ललित राजवंशीले चार विकेट लिनुभयो । कुशल भूर्तेलले तीन, करण केसीले दुई तथा गुलशन झाले एक विकेट लिनुभयो । 

यसअघि पलिे ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ९७ रन बनाएको थियो । पुलिसका लागि कुशल भूर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धसतकीय इनिङ्स खेल्नुभयो । कुशलले ८८ र दीपेन्द्रले ६० रन बनाउनुभयो । अमित श्रेष्ठले ४८, आरिफ शेखले ३८, गुलशन झाले १६ र दिलिप नाथले १० रन बनाउनुभयो । 

बलिङमा प्रतिश जिसीले तीन विकेट लिनुभयो । रिजन ढकाल, इशान पाण्डे, साकार गजुरेल र विपिन आचार्यले एक एक विकेट लिनुभयो । जितसँगै १४ अङ्क बनाएको पुलिस शीर्षस्थानमा छ । बागमतीको ६ खेलबाट चार अङ्क छ । 

यस्तै सिद्धार्थ क्रिकेट मैदानमा भएको अर्को खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदशलाई पाँच रनले हरायो । जितका लागि कर्णालीले दिएको दुई सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४९.४ ओभरमा सबै विकेटको क्षतिमा दुई सय रनमा समेटिएको थियो ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ४८.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय पाँच रन बनाएको थियो । जितसँगै कर्णालीले ६ खेलबाट ६ नै अङ्क बनाएको छ । पराजित लुम्बिनीको सात खेलबाट आठ अङ्क पुगेको छ ।