• ६ चैत २०८१, बुधबार

टुसाल युथ र ब्वाइज युनियनको बराबरी

blog

बल खोस्ने प्रयास गर्दै टुसाल युथ र ब्वाइज युनियनका खेलाडी ।

काठमाडौँ, चैत ६ गते । टुसाल युथ क्लब र ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग बराबरी खेल्दै अङ्क बाँडेको छ । 

सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा टुसाल युथ र ब्वाइज युनियन गोलरहित बराबरीमा रोकिएका हुन् ।

दुवै टोलीले गोलका लागि पाएका राम्रा अवसरलाई सदुपयोग गर्न सकेनन् । दुवै टोलीको यो लगातार दोस्रो बराबरी खेल्दै दुई दुई अङ्क बनाएका छन् ।