अर्जुन काफ्ले
स्याङ्जा, चैत ७ गते । होलीको अवसरमा अर्जुन चौपारी गाउँपािलका–१ मा दरौखोला युवा परिवारले आयोजित पुरुष भलिबल प्रतियोगिताको उपाधि राङखोला युवा क्लबले जितेको छ ।
पुतलीबजार नगरपालिका–१२ को राङखोलाले आयोजक एलाई सिधा सेटमा २५–२३, २५–१४ र ३०–२८ ले पराजित गरेको हो । गण्डकी प्रदेशका क्याप्टेन सञ्जु बिक्रम शाह सम्मिलित राङखोलाले उपाधि सहित एक लाख ३१ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र हात पारेको हो ।
गण्डकीकै मिडल ब्लकर हिमाल सुनारी, बिष्णु खत्री र विवस आले सम्मिलित उपबिजेतमा सिमित हुदै ८१ हजार नगद सहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको हो । यस्तै नेपाल प्रहरीका रेशम छन्तेल सहितका खेलाडी मैदानमा उतारेका डिफेन्डिङ च्याम्पियन सम्झना युवा क्लब बिरुवाले तेस्रो बनेको हो ।
सम्झनाले खाल्डे युवा क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । तेस्रोले ४१ हजार रुपियाँ पाउदाँ चौथोले ११ हजार नगद प्राप्त गरेको प्रतियोगिता संयोजक हुम बहादुर केसीले बताउनुभयो ।
बाहिरका तीन खेलडी खेलाउन पाउने यस अन्तर वडा स्तरिय प्रतियोगितामा षराष्ट्रिय खेलाडी डिबी भट्ट, दुर्गा महतो, प्रदेश स्तरका खेलाडी बिष्णु बस्नेत, नविन महतो लगायतका सहभागि रहेका थिए । गत फागुन २९ गतेबाट सञ्चालन भएको प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो ।