सस्तो दसैँबजार लगाउने तयारी
नेपालीहरूको महान् चाड दसैँ नजिकिने क्रमसँगै बर्दीबासमा पहिलो पटक सस्तो दसैँबजार लगाउने तयारी गरिएको छ । बर्दीबास उद्योग वाणिज्य सङ्घले बिहीबार पत्रकार सम्मेलन गरी असोज १६ देखि २५ गतेसम्म दसैँलक्षित सस्तो बजार लगाउने तयारीमा जुटेको जनाएको छ ।
मिथिला लोकसंस्कृति ‘कजरी’
साउनको सुन्दर महिना अनि मैदानमा विभिन्न हरिया घाँसको मखमली बिछ्यौना ।
तामाको तरकारी : माग बढ्दो उत्पादन घट्दो
नेपाली स्वाद र संस्कृतिको पहिचान बनेको तामाको माग बढ्दो क्रममा छ। बजारमा तामा किन्नेको भीडभाड थेग्ननसक्नु छ। शुभ कार्यदेखि पितृ कार्यसम्म नेपाली संस्कृतिको प्रतिक बनेको तामाको माग र कारोबार बढ्दै गए पनि भदौ दोश्रो सातादेखि यसको आपूर्ति कम हुन थालेको छ।
लागूऔषध विरुद्धको तीनमहिने अभियान सुरु
महोत्तरी जिल्लाको मटिहानीमा लागू औषधविरुद्धको तीनमहिने अभियान सुरुवात गरिएको छ ।
सिँचाइ गर्ने विद्युत मोटर जलेपछि किसान चिन्तित
लहान नगरपालिका–९ का किसानहरुले धानबाली सिँचाइको लागि प्रयोग गर्ने दुई दर्जनभन्दा बढी विद्युत मोटर जलेका छन् ।
चुरे जोगाऊँ संस्कृतिको अभ्यास गरिँदै छ
सिराहा जिल्लाका १७ स्थानीय तहमध्ये कर्जन्हा नगरपालिका पूर्वपश्चिम राजमार्गसँग जोडिएको छ । ७६.८४ वर्गकिलोमिटरमा फैलिएको यो नगरपालिका उत्तरमा चुरे पर्वत र दक्षिणमा कल्या
खसीबोकाको किनबेच सुरु
दसैँ नजिकिएसँगै खसीबोकाको किनबेच सुरु भएको छ । चाडपर्वमा हुने खर्च जुटाउन किसानले गाउँ गाउँबाट बजारमा ल्याएर खसीबोका बेच्न सुरु गरेका छन् ।
कुहिएको सामान व्यवस्थापन गर्न पचास लाखभन्दा बढी खर्च
पर्सा जिल्लाको सिर्सिया सुक्खा बन्दरगाहको कन्टेनरमा कुहिएर रहेका विभिन्न सामान व्यवस्थापन गर्न ५० लाखभन्दा बढी खर्च गर्नुपर्ने देखिएको छ ।
संविधान संशोधन गरी अघि बढ्नुपर्छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान जारी भएपश्चात् भएका उपलब्धिहरूलाई संस्थागत गरी अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ ।
जनप्रतिनिधिले बल्ल बुझ्दै योजना छनोट प्रक्रिया, प्राथमिकतामा शिक्षा सुधार
स्थानीय जनप्रतिनिधिले बस्ती तहबाट योजना छनोट गराएर लागु गराउनुपर्ने कार्यबारे बल्ल बुझ्न थालेका छन् । आफ्नो स्वविवेक प्रयोग गरेर योजना छनोट गर्दै परिषद्मा पेस गर्दै आएको वडाका जनप्रतिनिधिले अबदेखि प्रव्रिmयागत रूपमा योजना छनोट गर्न तयार भएका छन् ।
मिथिला सागर
धनुषाको मिथिला नगरपालिका(७ पोखरियास्थित मिथिला सागरको मनोरम दृश्य । यो ठाउँ अहिले आन्तरिक पर्यटकहरूको लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
दसैँको सँघारमा चल्न सकेन बस
दसैँ सँघारमै आउँदासमेत बस सञ्चालन हुन नसक्दा सर्लाहीको चुरे भेगका स्थानीय बासिन्दा निराश छन् । अझै वर्षा नरोकिँदा चुरे भेगमा खोला बगरबाट बस गुड्न अझै सकेका छैनन् । बस नचल्दा यस भेगका बासिन्दाले दसैँका लागि पनि थाप्लोमा नै बोकेरै खाद्यान्नलगायतका सामग्री गाउँमा पु¥याउनुपर्ने बाध्यता रहेको लालबन्दी नगरपालिका–१४, नारायणखोलाका युवा रोशन दोङले बताउनुभयो ।
सङ्घीयता कार्यान्वयनमा प्रगति हुँदै छ
नेपालको संविधानले प्रदेशलाई प्रदान गरेका अधिकार कार्यान्वयन पूर्ण रूपमा हुन सकेका छैनन् ।
‘बाल विवाहको अन्त्य जरुरी छ’
बालबालिकाको सर्वाङ्गिण विकासका लागि बाल विवाहको अन्त्य हुन जरुरी भएको वक्ताहरुले बताउनुभएको छ ।कार्यक्रममा सहभागी बक्ताहरुले सामाजिक विकृतिको रुपमा रहेको वाल विवाह नियन्त्रणका लागि मधेश प्रदेशमा विद्यालय तहबाटै कडाइ गर्नुपर्ने बताउनुभयो ।
सप्तरीमा एक युवक मृत फेला
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-६ स्थित महुलीमा बुधबार एक युवक मृत अवस्थामा फेला परेको छ ।
‘भाइचारा कायम रहनु पर्छ’
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले भाइचारा र सद्भावका साथ एकआपसमा मिलिजुली अगाडि बढ्न आग्रह गर्नुभएको छ । इस्लाम धर्मावलम्बीले मनाउने ह
सबै समुदायले स्वामित्व ग्रहण गर्ने गरी संविधान संशोधन गरौँ : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै समुदायले स्वामित्व ग्रहण गर्ने गरी संविधान संशोधन गर्न सुझाव दिनुभएको छ ।
एक सय ५० किलो गाँजासहित दुई पक्राउ
धादिङ धुनीबेँसी नगरपालिका–६ बस्ने ३० वर्षीय सञ्जीप खत्री र चितवन खैरेनी नगरपालिका– १ बस्ने १८ वर्षीय सुदिप अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।
मिथिलामा आज एकैदिन दुई पर्व मनाइँँदै
महोत्तरी, असोज १ गते । मधेस प्रदेशका मिथिला क्षेत्रमा आज एकसाथ दुई पर्व मनाइँदैछ । सौरमासको असोज सङ्क्रान्तिका दिन मनाइने ज्यावलका देवता विश्वकर्मा पूजा र चन्द्रमासको भदौ शुक्ल चतुर्दशीका दिन मनाइने अनन्त चतुर्दशी पर्व आज एकैदिन परेको हो ।हिन्दू परम्परामा विश्वकर्मा ज्यावलका देवता मानिन्छन् । पर्वका अवसरमा ससाना मेसिनरी सामानदेखि ठुल्ठूला यान्त्रिक उपकरणका धनीले विश्वकर्मा देवताको पूजाआराधना गर्ने परम्परा छ । यस अवसरमा कैयन् ठाउँमा मेला आयोजना गरी नाचगानसहित सांस्कृतिक उत्सव गरिन्छ । आज मेसिनरी पार्टपुर्जाका व्यापारिक प्रतिष्ठानमा कामदारलाई मिष्ठान्न भोजन गराउने, लाभांश दिने र तलब वृद्धि गरिदिने चलन छ ।आजको दिन मेसिनरी पार्टस्, यान्त्रिक उपकरण र कृषि ज्यावल धोइपखाली तिनको पूजा गर्ने चलन छ । आज विश्वकर्मा देवताको पूजाआराधना गर्दा ज्यावल बढी टिकाउ हुने, राम्रो कमाइ दिने र कारोबारमा सफलता मिल्ने विश्वास गरिन्छ ।त्यसैगरी भदौ शुक्लपक्षको चतुर्दशीका दिन मनाइने मैथिल परम्पराको अनन्त चतुर्दशी पर्व पनि आजै परेको छ । यस दिन गुरु, पुरोहितका हातबाट अनन्त डोरा बाँध्दै हिन्दू मैथिल समुदायले अनन्त चतुर्दशी पर्व मनाउँदैछन् । गुरु, पुरोहितले शास्त्रोक्त विधिले अभिमन्त्रित गरेका डोरा (धागो) बाँध्दै मिथिलामा अनन्त चतुर्दशी पर्व मनाइरहेका छन् ।भगवान् विष्णुको रूप मानिने अनन्त भगवानकाे पूजाआराधना गरी प्रसादस्वरुप गुरु, पुरोहितका हातबाट कलात्मक ढङ्गबाट बाटिएको ‘अनन्त डोरा’ बाँध्ने मिथिला परम्परा छ । पर्वविशेषमा अनन्तको पूजा गर्दा पुरोहितबाट अभिमन्त्रित १४ सूत्रको बाटिएको धागो चढाइने र त्यही धागो दाहिने हातको पाखुरामा बाँधिने गरिन्छ । अभिमन्त्रित धागोलाई ‘अनन्त डोरा’ भनिन्छ ।यस पर्वमा एक दिनअघि चोखोनितो रही भदौ शुक्लपक्ष चतुर्दशीका दिन बिहान अनन्त भगवानकाे पूजाआराधना गरेर ब्राह्मण पुरोहितको हातबाट ‘अनन्तडोरा’ बाँधेपछि यो पर्व सम्पन्न गरिने मिथिला परम्परा छ । पुरोहितको हातबाट बाँधिएको ‘अनन्तडोरा’ले आपत् विपत्तिबाट रक्षा गर्ने, आरोग्य र सुख, समृद्धि प्राप्त हुने मैथिल जनविश्वास रहेको महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ ।आजै चतुर्दशी तिथि सकिएर पूर्णिमा सुरु हुने भए पनि तिथिको भोगले भदौ पूर्णिमाका दिन मनाइने इन्द्र पूजनोत्सव भने भोलि बुधबार मनाइनेछ । हिन्दू परम्परामा इन्द्रलाई सहकालका देवता मानिन्छ । इन्द्रको पूजाआराधनाले अनिकाल नपर्ने र सन्तुलित वर्षा हुने मैथिल जनविश्वास छ । इन्द्र पूजनोत्सवका लागि महोत्तरीका बस्तीपिच्छे मूर्ति स्थापना गरेर हर्ष र उमङ्गका बीच मेला आयोजना गरिएकाे छ । भदौ पूर्णिमालाई मिथिलामा इन्द्र पूर्णिमा पनि भन्ने गरिएको छ । रासस
अवैध चिरान काठसहित एक पक्राउ
वनकर्मीले अवैध काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ । बर्दिवास –३ गौरीडाँडास्थित स्कुल टोलका ६० वर्षीय ढालबहादुर कार्कीलाई साखुको ७ थान चिरान काठसहित पक्राउ गरेको सवडिभिजन वन कार्यालय माईस्थानले जनाएको छ ।
नगरवासीलाई एलपी ग्यास र चुल्हो निःशुल्क वितरण
रौतहटको परोहा नगरपालिकाले नगरवासीलाई खाना पकाउने एलपी ग्यास चुल्होको सेट निःशुल्क वितरण गरेको छ ।
उद्योग व्यवसायलाई प्रवर्द्धनका लागि कार्यविधि ल्याउँदैछौँ : मुख्यमन्त्री सिंह
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवर्द्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ ।
किसानद्वारा खुटी नहर चलाउन माग
सिँचाइका लागि निर्माण सम्पन्न भएको हेडवक्र्सबाट नहरमा पानी जोडेर सञ्चालन गर्न किसानले माग गरेका छन् । लहान–१० स्थित खुटी
माइक्रोबसको ठक्करले बालकको मृत्यु
सप्तरीको पूर्व–पश्चिम लोकमार्गअन्तर्गत हनुमाननगर कङ्कालिनी नगरपालिका– १ स्थित भारदहमा माइक्रोबसको ठक्करले आइतबार एक बालकको मृत्यु भएको छ ।