• २ असोज २०८१, बुधबार

सप्तरीमा एक युवक मृत फेला

blog

सप्तरीको महुलीमा खेतको आलीमा मृत अवस्थामा युवक फेला । तस्बिर : देवरामप्रसाद यादव

देवराम प्रसाद यादव

सप्तरी, असोज २ गते । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-६ स्थित महुलीमा बुधबार एक युवक मृत अवस्थामा फेला परेको छ । अग्नीसाईर कृष्णासवरन ६ मोहनपुर का २८ वर्षीय ईश्वर पोखरेल बिहान मृत फेला परेको हो । 

महुली बजारदेखि ३ सय मिटर पूर्व स्थानीय घुरण चौधरीको धान खेतको आलीमा पोखरेललाई मृत फेला परेको प्रहरीले जनाएको छ । पोखरेल खेतको आलीमा ढलेको देखेर स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुग्दा पोखरेल मृत अवस्था फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताउनुभयो । 

घटनास्थलमा प्रहरी अनुसन्धान टोली खटाई घटनाबारे अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी नेपालले बताउनुभयो।