चुरेका विकट गाउँबाट बसाइँ सर्ने बढे
सर्लाहीको चुरेवर्ती विकट गाउँ छाडेर सुगम ठाउँमा बसाइँ सर्नेहरू बढेका छन् । जिल्लाको उत्तरवर्ती ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको सिन्धुलीसँग सीमा जोडिएका दुर्गम चुरेपाखाका बासि
दश लाखका चाँदीका गहनासहित युवक पक्राउ
सिरहा प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी मूल्य बराबरको चाँदीका विभिन्न गरगहनासहित एक युवकलाई लहानबाट नियन्त्रणमा लिएको छ ।
नागरिकलाई दुःख नहुने गरी काम गर्न मधेश प्रदेशका गृहमन्त्रीको निर्देशन
मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले नेपाल र भारतको सीमा नाका भएर आउजाउ गर्ने आमनागरिकलाई कुनै प्रकारको दुःख कष्ट नहुने गरी कामकाज गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ।
सर्पले डसेर युवकको मृत्यु
सर्लाहीको हरिवनमा विषालु सर्पले डसेर एक युवकको मृत्यु भएको छ । हरिवन नगरपालिका–८, चापिनीका ३५ वर्षीय सागर आले मगरको सर्पले डसेर मृत्यु भएको हो ।
सर्पदंशका घटना बढ्दै
महोत्तरी जिल्लामा केही समय यता सर्पदंशका बिरामी बढेका छन् ।
प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले शिक्षा क्षेत्रलाई सुधार्न प्रदेशको प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
पानी निकास नहुँदा गाउँले समस्यामा
सिराहा नगरपालिका–६, बसबिटा गाउँबाट वर्षाको पानी निकास नहुँदा असारदेखि कात्तिकसम्म घरआँगनमै पानी जमिरहने समस्या भोग्दै आइरहेका छन् । कमला नदीको पूर्वी किनारामा रहेको बसबिटा गाउँवासी चार महिना पानीमै आउजाउ गरिरहनुपर्ने समस्या भोग्दै आएका छन् ।
चौरचन पर्व नजिकिँदै गर्दा केराको माग उच्च
महोत्तरीसहित मधेसमा चौरचन पर्व नजिकिँदै गर्दा केराको माग उच्च भएको छ । मधेसका प्रायः बजार क्षेत्रका चोकचोकमा अहिले बिक्रीका लागि केरा राखिएका छन् ।
वीरगन्ज नाकाबाट मोटरसाइकल आयात दोब्बर
देशकै प्रमुख व्यापारिक नाका वीरगन्जबाट मोटरसाइकल अयातामा उल्लेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ ।
वडाध्यक्ष यादवको नियोजित हत्या गरिएको आशङ्का
रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेश यादवको सवारी दुर्घटना रहस्यमय बन्दै गएको छ । वडाध्यक्ष यादवको शव भदौ ९ गते आइतबार बिहान बर्दीबास नपा–८ स्थित बर्दीबास–औरही सडकखण्डको कलभर्टमुनि फेला परे पनि यो दुर्घटना हो वा वारदात स्पष्ट हुन सकेको छैन । प्रहरीले अहिलेसम्म यसलाई मोटरसाइकल दुर्घटना भनेको छ ।
पानी निकास नहुँदा बसबिटा गाउँ समस्यामा
सिरहा नगरपालिका –६ कमला नदीको पूर्वी किनारामा रहेको बसबिटा गाउँमा वर्षाको पानी निकास नहुँदा घर आगनमै पानी जमिरहने समस्या भोग्दै आइरहेका छन् । असारदेखि कात्तिक महिनासम्म पानीमा आउजाउ गर्नुपरेको स्थानीयको गुनासो छ । स्थानीय शान्ति देवी यादवले
नक्कली नोट बनाउने गिरोहका आठ जना पक्राउ
सर्लाही प्रहरीले नक्कली नोट बनाउने कार्यमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२, मधुबनी गाउँबाट नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आठ जना पक्राउ परेका हुन् ।
खेलकुदमन्त्री चौधरीद्वारा रामजानकी रङ्गशालाको निरीक्षण
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जनकपुरधामको वडा १४ स्थित निर्माणाधीन रहेको रामजानकी रङ्गशालाको निरीक्षण गर्नुभएको छ ।
एक महिनामा पौने दुई करोड राजस्व सङ्कलन
मधेश प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले एक महिनामा पौने दुई करोड राजस्व सङ्कलन गरेका छन् ।
चन्द्र नहरमा डुबेर एकको मृत्यु
सप्तरीको सप्तकोशी नगरपालिका–११ का ५५ वर्षीय कर्णबहादुर तामाङको आइतबार चन्द्र नहरको पानीमा डुबेर मृत्यु भएको छ।
सप्तरीका तीन स्थानीय तहले ल्याउन सकेनन् बजेट
सप्तरीको १८ स्थानीय तहमध्ये तीन पालिकाले तोकिएको समयमा बजेट नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् ।
वन अधिकृतको सराहना
राष्ट्रिय वन क्षेत्रको जग्गा अतिक्रमण हुनबाट जोगाउने जिल्ला वनका कर्मचारीलाई मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सराहना गर्नुभएको छ । बाराको कोल्हवी नगरपालिका–२, बसनचौरीस्थित राष्ट्रिय वनको १११ बिघा १२ कट्ठा १६ धुर जग्गा किर्ते गरी अतिक्रमण गर्ने प्रयास विफल तुल्याउने डिभिजनल वन कार्यालय बाराका प्रमुख विनोद सिंहलाई मुख्यमन्त्री सिंहले सराहना गर्नुभएको हो ।
राजविराज–छिन्नमस्ता सडक अधुरै
राजविराज–छिन्नमस्ता सडक दुई वर्षदेखि निर्माणाधीन अवस्थामा छ । सप्तरीको प्रसिद्ध पवित्र धार्मिकस्थल छिन्नमस्ता भगवती शक्तिपीठसम्म पुग्ने उक्त सडक गत असारमै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । तर हालसम्म सो सडकको २९ प्रतिशत मात्र काम सकिएको छ ।
सप्तरीमा तालिम शिक्षालयको उद्घाटन
सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सप्तरीस्थित तालिम शिक्षालयको उद्घाटन गर्नुभएको छ ।
‘बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ’
मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद ज्यसवालले बाल विवाह रोक्ने विषयमा हामी सबै गम्भीर हुनुपर्ने बताउनुभएको छ।
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या
धनुषाको छिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ । सिरहाको सिरहा नगरपालिका–३, मखनाहाका ४० वर्षीय राकेश बर्माको हत्या भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगर पालिका-११ पिपराढी टोल २४ वर्षीया सन्दीपकुमार यादव रहेको बारा प्रहरीले जनाएको छ ।
प्रदूषित पानी बेच्ने चार उद्योग बन्द
प्रदूषित पानी बेच्ने सर्लाहीका चार उद्योग बन्द गरिएको छ । हरिवन र लालबन्दी नगरपालिकाका चारवटा पानी उद्योग बन्द गराइएको छ ।
गाउँ गाउँका सडक ढलान गरेका छौँ
सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको गोडैता नगरपालिका ४८.०७ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । सर्लाहीका २० वटा पालिकामध्ये विकास र परिवर्तनमा