प्रदीप गिरी देशकै लागि प्रेरक र मार्गनिर्देशक नेता हुनुहुन्थ्यो : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसको बौद्धिक दार्शनिक नेताको रूपमा रहनुभएका प्रदीप गिरी देशकै लागि प्रेरक र मार्गनिर्देशक नेताका रूपमा सदा रहिरहने बताउनुभएको छ ।
सरकार विधिको शासन कायम गराउँछ : गृहमन्त्री लेखक
सङ्घ सरकारका गृहमन्त्री रमेश लेखकले दिगो शान्ति, विकास, सुशासन र समृद्धिको लागि वर्तमान सरकार अग्रसर रहेको दाबी गर्नुभयो ।
राष्ट्रिय परिचयपत्रका लागि भिड
सर्लाहीमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउने सेवाग्राहीको सङ्ख्या घट्न सकेको छैन ।
उखुको अनुदान माग
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग उखु किसानलाई तत्काल अनुदान रकम वितरण गर्न किसानका अगुवाले माग गरेका छन् । उखु क्रसिङ सिजन २०८०/८१ मा चिनी उद्योगलाई उखु बिक्री गरेको पाँच महिना बितिसक्दासमेत किसानले अनुदान रकम पाउन सकेका छैनन् । उखु खेती धेरै हुने सर्लाही र रौतहटबाट बुधबार कृषि मन्त्रालय पुगेका नेपाली कांग्रेसका नेताको टोलीले उखु किसानका लागि तत्काल जिल्लामा अनुदान रकम निकासाको व्यवस्था मिलाइदिन माग गरेको हो ।
किताब सिरानी बनाई कक्षामै सुतिरहेका शिक्षक
सप्तरीको विष्णुपुर गाउँपालिकाका शिक्षा समिति सदस्य तथा वडा नं. १ का अध्यक्ष बलराम यादव र शिक्षा संयोजक रामेन्द्रनाथ यादवसहितको विद्यालय अनुगमन टोलीले एक
बाढीले पुल बगाउँदा जनजीवन कष्टकर
गौशाला नगरपालिका-१२ कृषि सडकस्थित जरलाही खोलको पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ ।
सञ्चालन हुन सकेन विद्युत् सबस्टेसन
सर्लाहीको हरिपुर्वामा डेढ वर्षअघि निर्माण सम्पन्न भएको विद्युत् सबस्टेसन अझै सञ्चालन हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले जिल्लाको दक्षिणपूर्वी भेगमा विद्युत् आपूर्ति सहज बनाउने उद्देश्यले हरिपुर्वा नगरपालिका–२ मा निर्माण गरेको सबस्टेसन लामो समयदेखि अलपत्र परेको छ । सबस्टेसन सञ्चालनका लागि बारम्बार गरिएको प्रयास सफल हुन सकेको छैन ।
स्थानीयको पीडा : कमलावारि बस्ती, पारि खेत
मधेशको जीवनरेखा भनिएर चिनिएको हुलाकी सडकमा पर्ने कमला नदीको पुल भासिएको तीन वर्षभन्दा बढी भएको छ । पुल निर्माण सम्पन्न भएर उद्घाटन हुने तिथि तोकिने समयमा पुल भासिएपछि स्थानीयले देखेका सुन्दर सपना चकनाचुर भयो । कमला नदीको वारि सिराहामा पूर्वतिर बस्ने बस्ती र पारि पश्चिम धनुषा जिल्लामा खेत रहेका किसानका व्यथा पीडादायी छ ।
हाइस पल्टिँदा ६ जना यात्रु घाइते
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बाँके जङ्गलमा सोमबार बिहान इलेक्ट्रिक हाइस पल्टिँदा ६ जना यात्रु घाइते भएका छन् ।
झुलनोत्सव पर्व सम्पन्न
जिल्लाको मटिहानीस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रूपमा मनाइने झुलनोत्सव पर्व आज बिहान सम्पन्न भएको छ ।
पर्सामा चार सय ६८ हेक्टर वन अतिक्रमणमाः जनशक्ति नहुँदा अनुगमन गर्न समस्या
जिल्लामा चार सय ६८ हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ । जिल्लाका साझेदारी, सामुदायिक र धार्मिक वन क्षेत्रमा स्थानीयवासीले खेतीपाती तथा घरटहरा निर्माण गरेका छन् ।
गौशालामा नापी कार्यालय सुरु
महोत्तरीको गौशाला बजारमा मालपोतले सेवा दिन थालेको साता दिनपछि नापी कार्यालय पनि सञ्चालन हुन थालेको छ । गौशाला नापीका पहिला सेवा
पर्सामा ठुलो परिमाणका लागूऔषधसहित कारोबारी धमाधम पक्राउ
पर्साको ग्रामीण भेगबाट ठुलो परिणामको लागुऔषध ओसारपसार हुने गरेको फेला परेको छ । पर्सा प्रहरीले पछिल्ला दिनमा ठुलो परिमाणको लागुऔषध गाँजा र चरेससहित कारोबारी पक्राउ गरेसँगै सो खुलासा भएको हो ।
रेडिमेड’ले विस्थापित गर्यो हातले बुन्ने राखी
वीरगन्ज महानगरपालिका–२ छपकैयाका राजु श्रीवास्तवले दुई दशकअघिसम्म आफ्नै हातले बुनेका रक्षाबन्धन (धागोका डोरा–राखी) बेच्ने गर्नुहुन्थ्यो । श्रीवास्तवले हातले विशेष खालको फोममा रङ्गीचङ्गी धागोको सहायताले रक्षाबन्धन तयार पारेर बेच्नुहुन्थ्यो ।
कुटपिट गरी श्रीमतीको हत्या
महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एकजनाले श्रीमतीको कुटपिट गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल बताउनुभएको छ ।
भेडा चराउँदै किसान
महोत्तरी, भदौ २ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ६ स्थित वन क्षेत्रमा भेडा चराउँदै एक किसान । तस्बिरः रासस
फर्जी उपभोक्ता समिति खडा गरेर रकम हिनामिनाको आरोप
बोदेबरसाइन नगरपालिकामा पहिले नै गरिसकेको कामलाई फर्जी उपभोक्ता समितिमार्फत गरेको देखाएर रकम हिनामिना गरिएको आरोप लगाइएको छ ।
आइसियू, भेन्टिलेटर थन्काएर सर्पदंशका बिरामीको उपचार
विषालु सर्पले डसेर उपचारका लागि आउने बिरामी बढिरहँदा सर्पदंश उपचार केन्द्रसँग रहेको आइसियू र भेन्टिलेटर भने पाँच वर्षअघि खरिद गरेदेखि नै थन्काएर राखिएको छ।
पुल भासिएपछि स्थानीयलाई सास्ती
मधेशको जीवनरेखा भनेर चिनिएको हुलाकी सडकमा पर्ने कमला नदीको पुल भासिएको तीन वर्षभन्दा बढी समय भएको छ । पुल निर्माण सम्पन्न भएर उद्घाटन हुने अवस्थामा पुगेपछि पुल भासिएपछि स्थानीयको आशा निराशामा परिणत भएको छ ।
मन्त्रीहरूको कार्यसम्पादन करार सम्झौता
मधेश प्रदेशका मन्त्रीहरूले शुक्रबार मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहसँग कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ । मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रदेश
सप्तरीमा ट्याङ्करको ठक्करबाट दुई जनाको मृत्यु
सप्तरीको पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कन्चनरुप नगरपालिका १० बदगमामा शुक्रबार तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको घटना स्थलमै एक र एक जनाको अस्पतालमा मृत्यु भएको छ ।
पत्रकार खनालमाथि साङ्घातिक आक्रमण
बर्दीबासस्थित आज्ञा खवर अनलाइनका पत्रकार निकेश खनालमाथि साङ्घातिक आक्रमण भएको छ ।
तेल बोक्ने ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–३ बरमझियामा शुक्रबार तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।
मधेश प्रदेशमा ग्लोबल गर्ल क्रिएटिंग चेन्ज परियोजना सुरु
मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद ज्यसवालले नागरिकको जिवन र जिविकामा परिवर्तन ल्याउने किसिमले काम गर्न गैर सरकारी संघ संस्थालाई आग्रह गर्नुभएको छ।