जम्बो मन्त्रीपरिषद् गठन गरेको भन्दै मधेस सरकार विरुद्ध 'सिट्ठी जुलुस'
मधेस सरकारले जम्बो मन्त्रीपरिषद् गठन गरेको भन्दै समाजवादी युवा सङ्घ र समाजवादी विद्यार्थी युनियनले मधेस सरकार विरुद्ध सिट्ठी जुलुस निकालेको छ ।
पाँच लाख नयाँ सङ्गठित सदस्य थप्दै जसपा
जनता समाजवादी पार्टी (जसपा) नेपालले पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्ने लक्ष्य निर्धारण गरेर आधारभूत सङ्गठन निर्माण अभियान सुरु गर्दैछ ।
बिरामी बोक्न स्ट्रेचर र झोलुङ्गोको भर
वर्षाले बारम्बार डाँडापाखा र खोलाको बाटो बिगारेर यातायात सञ्चालन नहुँदा सर्लाहीको चुरे भेगका स्थानीयको दैनिकी असाध्य कष्टकर बनेकोे छ । चुरे भेगका बस्ती पर्ने यहाँको चार पालिकामा खोलाबाट सञ्चालन हुने यातायातका साधन अहिले पूर्ण रूपमा ठप्प छन् । चुरेपाखाका बासिन्दा वडा कार्यालय, बजार, स्वास्थ्य संस्थालगायतका ठाउँमा आउँदा घण्टौँसम्म पैदल हिँड्न बाध्य छन् ।
खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’ भरिभराउ
वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दगाह भन्सार कार्यालयको ‘यार्ड’ मा लामो समयसम्म खाली कन्टेनर नहटाइँदा व्यवस्थापनमा चुनौती थपिएको छ । कोभिड–१९ महामारीदेखिका खाली कन्टेनर रोटेसन नहुँदा भन्सार यार्डमा खाली कन्टेनरको चाङ देखिएको छ ।
महायज्ञबाट ८१ लाख सङ्कलन
विगत एक सातादेखि महोत्तरी जिल्लाको बर्दिबासमा जारी ‘शिव पुराण महायज्ञ’बाट अहिलेसम्म ८१ लाख सङ्कलन भएको छ ।
कमला नदीमा पुल निर्माणको माग गर्दै मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र
हुलाकी राजमार्गअन्तर्गत धनुषा-सिरहा जोड्ने कमला नदीमा पुल बनाउन माग गर्दै कमला पुल निर्माण सङ्घर्ष समितिले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ ।
अवकाशप्राप्त उपसचिवको लोभलाग्दो फलफूल खेती
लहान–१६ का अवकाशप्राप्त प्राविधिक ऊर्जा उपसचिव शुकदेव चौधरी फलफूल खेती गरेर राम्रो आम्दानी मात्रै होइन,अन्य व्यक्तिहरूको लागि प्रेरणाको स्रोत बन्नु भएको छ ।
‘घर घरमा डाक्टर’ अभियान
महोत्तरीको सीमावर्ती नगरपालिका मनरासिसवाले स्वास्थ्य सेवामा सहज पहुँचका लागि ‘घर घरमा डाक्टर’ अभियान सञ्चालन गरेको छ । नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालित गरी जनताको
धानमा मल छर्दै किसान
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३, भेल्हीका किसान धान खेतमा मल छर्दै। विगतका वर्षमा भन्दा यसपटक किसानलाई केही सहज रूपमा मल उपलब्ध भइरहेको छ।
ज्ञान नहुँदा सर्पलाई शत्रु ठान्छन् मान्छे
सर्पले मान्छेलाई मार्छ भन्ने आम बुझाइ छ तर एउटा विषालु सर्प हजारौँ मानिसको जीवनको रक्षक हुन्छ भन्ने कमैलाई थाहा छ । त्यस्तो ज्ञानको अभावमा मानव र सर्पबिच द्वन्द्व चल्ने गरेको छ । फलतः हजारौँ सर्प मान्छेबाट मारिन्छन् र सर्पको डसाइबाट बर्सेनि धेरै मानिसको ज्यान जाने गरेको छ । सामान्यतः मान्छेले सर्पले डस्नुभन्दा पनि डस्छ र मरिन्छ भन्ने त्रासका कारण सर्पलाई मार्ने गरेको पाइन्छ । यो सर्प र मानवको शत्रुतापूर्ण अवस्था हो । धनुषाको धनुषाधाम नगरपालिका–५, किसानपुरका गणेश साहले भने सर्पसँग ‘मितेरी’ गाँस्नुभएको छ ।
सर्लाहीमा एक युवक मृत फेला, हत्याको आशङ्का
सर्लाहीको बरहथवा नगरपालिका-८ टाँडीमा आज एक युवक मृत फेला परेका छन् । टाँडी निवासी श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना साह मृतावस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।
मापदण्ड विपरीत सञ्चालित धनुषाका डेरी उद्योग कारबाहीमा
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले तोकिएको मापदण्डअनुसार दुग्धजन्य पदार्थ उत्पादन नगर्ने दुई डेरी उद्योगमाथि कारबाही गर्ने भएको छ ।
चार दिनमा ६४ लाख दान सङ्कलन
सडक मानव आश्रम (हाम्रो मायाको घर) निर्माणका लागि बर्दिबासमा जारी शिव पुराण महायज्ञमा दानबाट ६० लाख बढी सङ्कलन भएको छ ।
जनकपुरधाममा झुलन महामहोत्सवको रौनक
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा झुलन महामहोत्सवको रौनक सुरु भएको छ । चर्चित संस्कृति र पर्वमध्येमा पर्ने झुलन उत्सवमा जनकपुरका मठ मन्दिरहरू सङ्गीतमय बनेका छन् ।
नदी सरसफाइमा राजविराजका युवा सक्रिय
जिल्लास्थित राजविराजमा पर्ने भलुवाही खोलामा वर्षौँदेखि थुप्रिएको फोहर स्थानीय युवाले सफा गरेका छन् । ‘सरसफाइ तपाईँको हातमा, हामी युवा तपाईँको साथमा’ भन्ने नारासहित युवा खोला सरसफाइमा जुटेका हुन् ।
लहानको उत्तरी भेगमा खानेपानीको समस्या समाधान हुँदै
लहान नगरपालिकाको उत्तरी भेगमा पर्ने १३, १६ र २४ नम्बर वडामा देखिएको खानेपानीको समस्या समाधान हुने भएको छ ।
पर्यावरण अभियन्तालाई चिन्ता
धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा ८० बिघामा फैलिएको आँपका रुख फँडानी गरेर सौर्य प्लान्ट स्थापना गर्ने तयारी गरेपछि पर्यावरण संरक्षणका क्षेत्रमा कार्यरत सङ्घ संस्था तथा अभियन्ताले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले ठुलो क्षेत्रफलमा रहेको आँपको बगैँचा फँडानी गर्दा पर्यावरण सन्तुलनमा क्षति पुग्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
‘छिन्नमस्तालाई समृद्ध धार्मिक स्थल बनाउने छौँ’
स्थानीय तह पुनर्संरचना आयोगको सिफारिस अनुसार २०७३ सालमा स्थापना भएको सप्तरीको छिन्नमस्ता गाउँपालिकाको नाम प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठको नामबाट नामङ्कन गरिएको छ । गाउँपालिकाको दक्षिणमा भा
मिथिलामा झुला चहलपहल
मिथिला क्षेत्रमा साउनका बेला झुलापर्वको चलहपहल जताततै देख्न सकिन्छ । बुधबार बेलुकादेखि सुरु भएको झुलाको रौनक विगत जस्तो यस पटक देखिन्न । धार्मिक मठमन्दिरमा यो पर्व जनै पूर्णिमासम्म सञ्चालन हुने गर्दछ । झुलापर्वलाई तराईबाहेक अन्यत्रसमेत हर्षोल्लाससाथ मनाइने गरिएको छ ।
करेन्ट लागेको प्रहरी जवानको ज्यान पत्रकारले जोगाए
करेन्ट लागेर ढलेको एकजना प्रहरी जवानको ज्यान पत्रकारले बचाएका छन् ।
जनकपुरधाममा झुलाको रौनक हराउँदै
मिथिला क्षेत्रको महत्त्वपूर्ण लोकपर्वमध्ये एक झुला महोत्सव पनि हो । बुधबार बेलुकादेखि सुरु भएको मिथिलाको लोक पर्व झुला महोत्सव रौनक विगतमा भन्दा कम भएको देखिएको छ ।
झुला पर्व सुरु
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागतरुपमा मनाइँदै आएको पौराणिक झुला पर्व बुधबार रातिदेखि सुरु भएको छ ।
मुख्यमन्त्रीद्वारा एक मन्त्रालयसहित चार कार्यालयमा छड्के
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले बिहीबार एक मन्त्रालयसहित चार कार्यालयमा छड्के जाँच निरीक्षण गर्नुभएको छ ।
सामान्य वर्षामै जलमग्न हुन्छ सुखीपुर स्वास्थ्य चौकी
पानीको निकास नहुँदा यहाँको सुखीपुर नगरपालिका–८ स्थित नगरस्तरीय २५ शय्याको सुखीपुर स्वास्थ्य चौकीमा सामान्य वर्षामै जलमग्न हुने गरेको छ । जलमग्न हुँदा अस्पताल आउने बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्दै आएका छन् ।