सूचनाको हकले लोकतान्त्रिक विधिलाई बलियो बनाउँछ : सभामुख मण्डल
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सूचनाको हकले लोकतान्त्रिक विधिलाई बलियो बनाउने बताउनुभएको छ ।
पर्सामा घरेलु तथा साना उद्योगको नयाँ दर्ता घट्यो
पर्सामा विगत तीन वर्षयता घरेलु तथा साना उद्योग खोल्ने क्रम निरन्तर घट्दै आइरहेको छ । आर्थिक मन्दी र लगानीमैत्री वातारण नहुँदा पछिल्लो तीन वर्षमा नयाँ उद्योग खोल्ने क्रम घटिरहेको देखिन्छ ।
सःमिलका सञ्चालकविरुद्ध मुद्दा
डिभिजन वन कार्यालय धनुषाले अवैधरुपमा वन पैदावर गरेको अभियोगमा सःमिलका सञ्चालकविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा
नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम प्रायः पूरा भएको छ । नेपाल आयल निगमले उक्त परियोजनाको ९० प्रतिशत काम पूरा भएको जनाएको छ ।
गृहिणीले बनाउन थाले सेनेटरी प्याड
ग्रामीण भेगमा पर्ने सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका गृहिणी आफैँले सेनेटरी प्याड बनाउन जानेपछि खुसी भएका छन् । उनीहरूले महिनावारीका सम्बन्धमा
पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
‘प्रदेश सरकारबाट अनुदान पाएकै छैनौँ’
धनुषाधाम नगरपालिका साबिकका धनुषाधाम, धनुषा गोविन्दपुर, उमाप्रेमपुर र यज्ञभूमि गाविस गाभिएर बनेको छ । यस नगरपालिका धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिँदै आएको
एघार करोडको तरकारी बिक्री
भारी वर्षा भएर तरकारी खेतीमा अत्यधिक क्षति पु¥याए पनि लालबन्दी बजारबाट असारमा मात्रै ११ करोडभन्दा बढीको तरकारी बिक्री भएको छ । किसानले तरकारी बिक्री गरेर मनग्गे आर्जन गर्ने मुख्य थलो बनेको लालबन्दी तरकारी बजारबाट बर्सातको महिना असारमा समेत ११ करोड ५८ लाख ८९ हजार १७५ रुपियाँको तरकारी बिक्री भएको हो । किसानले लालबन्दी नगरपालिका–७ स्थित थोक तरकारी बजार डुमडुमेमा ल्याएर बिक्री गर्ने तरकारी व्यापारीले खरिद गरी छेउछाउका बजार मलङ्गवा, चन्द्रपुर, गौर, जनकपुरसहित काठमाडौँ, हेटौँडा, सिन्धुली, कटारी साथै पहाडी जिल्ला सोलखुम्बुसम्मका बजारमा पु¥याएर बेच्ने गरेका छन् ।
चुरेवासीमा जाग्दै आशा
सरकारले आफ्ना क्षेत्रका सम्भावनाबारे चासो बढाएपछि महोत्तरीका चुरेक्षेत्रका बासिन्दामा नयाँ आशा पलाएको छ । केन्द्र, प्रदेश र स्थानीय तहको चासोले चुरे क्षेत्रका बासिन्दामा नयाँ कामको थालनी हुने र यसले आपूmहरुको जीवनमा सकारात्मक प्रभाव पार्ने आश जागेको हो ।
रहनुभएन चर्चित सङ्गीतकार गुरुदेव कामत
लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डा घर भएका ६८ वर्षीय शास्त्रीय सङ्गीतका चर्चित गुरुदेव कामतको आफ्नै विवासमा बिहीबार विहान निधन भएको छ । मधुमेह बढेपछि ६ दिनदेखि खान र बोल्न छाडेर गम्भीर सिकिस्त हुनु भएको थियो ।
फोहोरलाई मोहर बनाउन ‘रिसाइकल’ केन्द्रको शिलान्यास
फोहोर व्यवस्थापन देशव्यापी समस्या भएको बेला बर्दीबास नगरपालिकाले फोहोरलाई मोहर बनाउने अभियान सुरु गरेको छ । फोहोरलाई आम्दानीको स्रोतका रूपमा रूपान्तरण गर्न नगरपालिकाले फोहोरमैला प्रशोधन तथा रिसाइकल केन्द्र स्थापनाको प्रक्रिया अगाडि बढाएको हो ।
वीरगञ्जमा विद्युत कटौतीले सर्वसाधारण आजित
औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जमा पटक-पटक विद्युत कटौती हुने समस्याबाट ग्राहक आजित भएका छन् ।
बाढीले पूर्वपश्चिम लोकमार्ग अवरुद्ध
चुरे क्षेत्रमा मङ्गलबार राति परेको भारी वर्षाका कारण ढुङ्ग्रे खोलामा आएको बाढीले सडक कटान गर्दा पूर्वपश्चिम लोकमार्ग रातिदेखि अवरुद्ध भएको छ ।
कमला नदीमा फसेका तीनजनाको उद्धार
धनुषास्थित कमला नदीमा फसेका तीनजनालाई सकुशल उद्धार गरिएको छ । सबैला नगरपालिका–१३, किरतपुरस्थित कमला नदीमा फसेका तीनजनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
मिथिलामा मधुश्रावणी पर्वको रौनक
जनकपुरधामसहित सम्पूर्ण मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वकोे रौनक देखिएको छ । यस पर्वबाट नवविवाहिता महिलाले वैवाहिक जीवन जिउने पाठ सिक्ने गर्दछन् । मिथिलाञ्चलका नवविवाहिता महिलाहरुले गत बिहीबारबाट मधुश्रावणी व्रत सुरु गरेका छन् ।
बेलगाछी पुलमा क्षति, सवारी अवरुद्ध
पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको ढुङ्ग्रेस्थित बेलगाछीे पुलमा बाढीले क्षति पुर्याएकाे छ ।
सडक बगाउँदा लोकमार्ग अवरुद्ध
चुरे क्षेत्रमा मङ्गलबार राति परेको भारी वर्षाका कारण ढुङग्रे खोलामा आएको बाढीले सडक कटान गर्दा पूर्व–पश्चिम लोकमार्ग रातिदेखि अवरुद्ध भएको छ । बाढीले बर्दीबास ५ स्थित जंगली क्षेत्रमा पर्ने फबेलगाछी पुलको पश्चिमतर्फको अप्रोच कटान गर्दा लोकमार्ग अवरुद्ध भएको हो ।
गुरु कामतको स्वास्थ्य नाजुक
लक्ष्मीपुरपतारी गाउँपालिका–२, पोखरभिन्डा निवासी शास्त्रीय सङ्गीतका चर्चित सङ्गीतकार गुरुदेव कामतको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको छ । ६८ वर्षीय कामदको दुवै मिर्गौलाले काम गर्न छो
मिथिला संस्कार र संस्कृतिलाई जीवन्त राख्ने पर्व ‘मधुश्रावनी’
मिथिला क्षेत्रको अन्य पर्वझै ‘मधुश्रावनी’ पर्व पनि एक महत्त्वपूर्ण पर्वको रूपमा मानिन्छ । यस पर्वले मिथिला क्षेत्रको संस्कार र संस्कृतिलाई जीवन्त राखेको छ । विवाहित महिलालाई जिउने तरिका सिकाउँछ यस पर्वले ।
प्रभावकारी बन्दै भूमिगत सिँचाइ प्रणाली
कृषि क्षेत्रको उत्पादकत्वमा वृद्धि तथा किसानको खेतमा सिँचाइ सुविधा पुर्याउनका लागि महोत्तरी र धनुषामा भूमिगत सिँचाइ प्रणाली प्रभावकारी बनेको छ ।
आयोजना अलपत्र हुँदा एक हजार दुई सय घरधुरी खानेपानीबाट वञ्चित
सिरहाको कल्याणपुर नगरपालिका-१२ तिलासीमा बेल्हा खानेपानी तथा सरसफाइ आयोजनाको काम अलपत्र रहेको छ । पञ्चवर्षीय योजनासहित वि.सं.२०७२ देखि सुरु भएको उक्त खानेपानी आयोजना नौ वर्ष बित्दा पूरा नभएको हो ।
पूर्वमन्त्रीको हत्यामा संलग्न पक्राउ
पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको आर्थिक प्रलोभनमा परेर उहाँकै घरमा काम गर्ने सहयोगीले हत्या गरेको खुलेको छ ।
नौ वर्षमा पनि सम्पन्न भएन खानेपानी योजना
धनुषाको मिथिला नगरपालिका–५, विश्रामपुरमा नौ वर्षअघि सुरु गरिएको खानेपानी योजनाको काम अझै पूरा भएको छैन । तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनुषाले पाँच वर्षभित्र विश्रामपुरवासीलाई स्वच्छ खानेपानी खुवाउने लक्ष्यसहित २०७२ सालमा सो योजनाको काम सुरु गरेको थियो ।
स्वच्छ र निष्पक्ष बनाउन सुरु
मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले यातायात व्यवस्था कार्यालय मातहत रहेको ट्रायल सेन्टरलाई व्यवस्थित र परिमार्जित गरी सवारी लाइसेन्स वितरण प्रक्रियालाई स्वच्छ र निष्पक्ष बनाउन प्रदेश सरकारले प्रव्रिmया अगाडि बढाइसकेको बताउनुभएको छ ।