नौ वर्षमा पनि सम्पन्न भएन खानेपानी योजना
धनुषाको मिथिला नगरपालिका–५, विश्रामपुरमा नौ वर्षअघि सुरु गरिएको खानेपानी योजनाको काम अझै पूरा भएको छैन । तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनुषाले पाँच वर्षभित्र विश्रामपुरवासीलाई स्वच्छ खानेपानी खुवाउने लक्ष्यसहित २०७२ सालमा सो योजनाको काम सुरु गरेको थियो ।
स्वच्छ र निष्पक्ष बनाउन सुरु
मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले यातायात व्यवस्था कार्यालय मातहत रहेको ट्रायल सेन्टरलाई व्यवस्थित र परिमार्जित गरी सवारी लाइसेन्स वितरण प्रक्रियालाई स्वच्छ र निष्पक्ष बनाउन प्रदेश सरकारले प्रव्रिmया अगाडि बढाइसकेको बताउनुभएको छ ।
सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल
नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०-८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम रु १२ करोड ३३ लाख ५७ हजार चार सय १८ पुगेको छ ।
पर्सा ट्राफिक प्रहरीद्वारा दुई करोड ७६ लाख राजस्व सङ्कलन
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनबाट एक वर्षमा दुई करोड ७६ लाख ६१ हजार नौ सय ५४ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०८०/८१ मा २७ हजार तीन सय ७२ सवारी साधनलाई कारबाही गरेर सो राजस्व सङ्कलन गरेको हो ।
‘औद्योगिक क्षेत्रको विकास बिना मुलुकको समृद्धि असम्भव’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास बिना मुलुकमा समृद्धिको आकाङ्क्षा पूरा गर्न नसकिने बताउनुभएको छ ।
धारिलो हतियार प्रहारबाट पुरुषको हत्या
धनुषाको धनुषाधाम नगरपालिका-२, मंगलपुरमा धारिलो हतियार प्रहारबाट एक पुरुषको हत्या भएको छ । सोही ठाउँ बस्ने ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको प्रहरीले जनाएको हो ।
तरकारीकाे विषादी परीक्षण गर्न प्रयोगशाला स्थापना
धनुषाको ढल्केवरस्थित कृषि उपज बजार विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ स्थापना गरिएको छ ।
वनको अतिक्रमित जमिन खाली गराइयो
सिराहाको नरहा गाउँपालिका–३ स्थित जोवहा प्राकृतिक सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरी बनाएको घर टहरा भत्काएर दुई हेक्टर जमिन खाली गराएको डिभिजन वन कार्यालय लहानले जनाएको छ ।
डुबेर बालकको मृत्यु
बर्दिबास–६ स्थित रातु खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीकाअनुसार बर्दिबास –७ किसान नगरका विक्रम अधिकारीको १२ वर्षीय छोरा रिदम अधिकारीको आइतबार डुबेर मृत्यु भएको हो ।
पुरस्कारका लागि १० कृति छानिए
लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि १० कृति छानिएका छन् ।
उद्योगी व्यवसायीका समस्याप्रति मधेश सरकार गम्भीर छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योगी व्यवसायीका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ ।
नेपालमा काम छैन भारत जाँदा बन्धक
लामो समय बेरोजगार बस्नुको पीडा सहन नसकेर भारतीय ठेकेदारको सम्पर्कमा भारतको काश्मीरस्थित श्रीनगरमा काम गर्न पुगेका धनुषा र सिराहाका २८ जना नेपाली श्रमिकलाई उद्धार गरिएको छ ।
समस्या बन्दै सडक किनाराका रुख
कुनै बेला राजमार्गको सौन्दर्यीकरण र वातावरण संरक्षणका नाममा सडक दायाँबायाँ लगाइएका रुख अहिले अनेकन् समस्याका कारण बनेका छन् । सरकारी खर्चको लहड र रहरमा वृक्षरोपण गरिए
रेलको लिकमा परेर घाइते
रेलको लिकमा हाम फाल्दा एक ३५ वर्षिय युवकको दुबै खुट्टा काटिएको छ । शनिबार बिहान जयनगर–बर्दिवास रेल खण्डस्थित खजुरी स्टेशनको ३ सय मिटर पश्चिमपट्टी गुडिरहेको रेल अगाडि अचानक हामफाल्दा रेलको लिकमा परी धनुषाको जनकनन्दिनी गाउँपालिका ३ महुवाका मिश्री दासको ३५ बर्षिय छोरा श्रीराम दासको दुवै खुट्टा काटिएको हो ।
ठाडी भन्सारबाट लक्ष्यभन्दा कम राजस्व सङ्कलन
जिल्लाको भगवानपुर गाउँपालिका-४ ठाडीस्थित भन्सार कार्यालयको राजस्व सङ्कलन लक्ष्यभन्दा आधाले घटेको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा पाँच करोड राजस्व कम सङ्कलन गरेको हो ।
दाइजो हटाउन अभियान चलाउनुपर्ने : मन्त्री साह
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले मधेश प्रदेशमा दाइजो प्रथा हटाउन जातीय सङ्गठनहरू मिलेर अभियान चलाउनुपर्ने बताउनुभएको छ । शौण्डिक चौरासी समाजको
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्दार
भारतको जम्मुकश्मिरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्दार गरिएको छ ।
पोषण पुन:स्थापना केन्द्र भवनको उद्घाटन
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले पोषण पुन:स्थापना केन्द्र भवनको उद्घाटन गर्नुभएको छ ।
बगर खेतीले फेरिँदै भूमिहीन किसानको जीवन
सामुदायिक सुधार केन्द्र (सीआइसी) धनुषाले मिथिला नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा उहाँलाई जग्गा र कृषि यन्त्र उपलब्ध गराएको छ ।
मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा. यादव
मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा डा. शिवराम यादव नियुक्त हुनुभएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले उहाँलाई आयोगको अध्यक्ष पदमा नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ ।
महोत्तरीमा सवारी दुर्घटनामा कमी
बर्दीबासस्थित जिल्ला ट्राफिक कार्यालयका अनुसार आव ०८०-८१ महोत्तरीमा ५०४ वटा सवारी दुर्घटना हुँदा ६८ जनाको मृत्यु हुनुका साथै गम्भिर र सामान्य गरि ७६२ जना घाइते भएका थिए ।
भारतले धान, चामल निर्यातमा कर लगाउँदा, आयात ह्वात्तै घट्यो
भारत सरकारले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेसँगै यसको प्रभाव नेपालमा परेको हो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ आठ अर्ब २८ करोड ५५ लाख ४२ हजार मूल्य बराबरको २० करोड ८० लाख ९२ हजार चार सय ४८ किलोग्राम धान नेपाल आयात भएको छ ।
हरेक टोलमा सवारीसाधन पुग्छन्
जगरनाथपुर गाउँपालिका पर्साका १४ वटा स्थानीय निकायमध्ये पश्चिमदक्षिणमा भारतीय सीमासँग जोडिएको गाउँपालिका हो । २०७९ सालको स्थानीय तह निर्वाचनमा यहाँ नेपाली कांग्रेसका श्रीकान्त यादव प्रमुखमा निर्वाचित हुनुभ
नदी कटान नियन्त्रण गर्न पहल गर्ने प्रतिबद्धता
मधेश प्रदेशका प्राकृतिक तथा वातावरण समितिका प्रदेशसभा सदस्यहरूले बलान नदी कटान क्षेत्रमा पुगेर नदी कटान नियन्त्रणको लागि सार्थक पहल गर्ने बताउनुभएको छ ।