• ११ साउन २०८१, शुक्रबार

पोषण पुन:स्थापना केन्द्र भवनको उद्घाटन

blog

मुख्यमन्त्री सतीशकुमार सिंह तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले संयुक्त रुपमा पोषण भवनको उद्घाटन गर्नुहुँदै । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, साउन ११ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले पोषण पुन:स्थापना केन्द्र भवनको उद्घाटन गर्नुभएको छ । शुक्रबार एक कार्यक्रमबिच प्रादेशिक अस्पताल जनकपुरधामको प्राङ्गणमा अवस्थित पोषण पुन:स्थापना केन्द्रको दुईकोठे भवनको संयुक्त रुपमा उद्घाटन मुख्यमन्त्री सिंह तथा प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले गर्नुभएको हो । 

वर्ल्ड भिजन इन्टरनेशनलको साझेदारीमा एकीकृत ग्रामीण समाज विकास बर्दिवासद्वारा एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत प्रादेशिक अस्पताल जनकपुरधाममा रहेको पोषण पुनःस्थापना केन्द्रको दुई कोठे भवन कक्षको उद्घाटनको क्रममा मुख्यमन्त्री सिंहले मुख्यमन्त्री सिंहले अस्पतालको प्राङ्गणमा पोषण भवन निर्माणले मधेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउने बताउनुभयो । उहाँले कुपोषित बालबालिकाहरुको उपचारका लागि निर्माण गरिएको उक्त भवनप्रति कृतज्ञ हुँदै दाता संस्थाप्रति आभार व्यक्त गर्नुभयो । 

यस्तै, वर्ल्ड भिजन इन्टरनेशनलका प्रतिनिधि अनुप राणाले बालबालिकाको पोषणको क्षेत्रमा काम गर्ने उदेश्य राखेको संस्थाले मधेशका विभिन्न जिल्लामा काम गरिरहेको बताउनुभयो । उहाँले कुपोषित बालबालिकाको उपचारमा कुनै किसिमको वाधा नहोस् भन्ने अभिप्रायका साथ उक्त भवन निर्माण गरिएको बताउनुहुँदै प्रत्येक बालबालिकाको पोषणसम्बन्धी अधिकार सुनिश्चित गराउनु नै संस्थाको उद्देश्य रहेको उल्लेख गर्नुभयो । 

१९ लाख ५९ हजार ९ सय ५९ रुपियाँको लागतमा निर्माण उक्त भवनमा उपचार गर्न आउने बालाबालिकालाई वर्ल्ड भिजनले खेलकुद सामग्रीसमेत उपलब्ध गराउने गरेको छ । पोषण भवन उद्घाटन कार्यक्रममा मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका उपकुलपति डा. अङ्कुर साह, डा. विनोद यादव लगायतको उपस्तिथि थियो ।