गोली हानेर डाँकालाई नियन्त्रणमा लिइयो
महोत्तरी जिल्लाको सर्लाही महोत्तरीको सीमानाकाबाट प्रहरीले एक राउन्ड गोली प्रहार गरी एक डाँकालाई नियन्त्रणमा लिएको छ ।
सीमा सुरक्षा पहिलो प्राथमिकता’
पर्साको प्रमुख जिल्ला अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखले नेपाल भारत सीमास्तम्भका बारेमा स्थलगत अवलोकन एवं जानकारी लिनुभएको छ । जिल्लामा एक सय सात किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ ।
अग्निपीडितलाई व्यवसाय चलाउन सहयोग
महोत्तरीको मटिहानीका आगलागीपीडित परिवारलाई नगरपालिकाको संयोजनमा रतौली युवा क्लबले आइतबार एक कार्यव्रmमबिच व्यावसायिक सामग्री वितरण गरेको छ ।
ठेकेदार फरार भएपछि पकरी–डलवाबाग सडक अलपत्र
ठेकेदार फरार भएपछि सप्तरीको पकरी–डलवाबाग सडक अलपत्र परेको छ । मधेस प्रदेश सरकारले पकरी डलवाबाग सडकको ठेक्का रमन–आइएसएनबी जेबी जनकपुरधाम धनुषासँग २०७८ चैत ७ गते सम्झौता भएको थियो ।
बेपत्ताका परिवारमा अझै घर फर्किने झिनो आशा
रौतहटको बौधिमाई नगरपालिका-३ मटिअर्वा गाउँका परशुराम साह, मिना देवी, रिन्कु देवी र नीरज साह बेपत्ता छन् । बस त्रिशूलीमा खसेको तीन दिन बित्न लागेको छ ।
कृषकलाई मलकै पिरलो
पर्सा पर्टेवा सुगौली गाउँपालिका-५ निचुटाका कृषक शिवबालक ठाकुरलाई दुई दशकअघिसम्म चार हलगोरु र आधा दर्जनभन्दा धेरै भैँसी पाल्नुहुन्थ्यो । विगतमा गोठभरि नै चौपाया हुने भएकाले रासायनिक मलको खासै समस्या हुँदैनथ्यो ।
लगातारको वर्षाले जनजीवन प्रभावित
सर्लाहीमा लगातारको वर्षाले जनजीवन प्रभावित भएको छ । यहाँ केही दिनदेखि निरन्तर परिरहेको झरीका कारण बाहिर निस्किएर काम गर्नुपर्ने र यात्रा गर्नुपर्नेले असाध्यै सास्ती खेपिरहेका छन् ।
सिमलताल बस दुर्घटना : रौतहटको बौधिमाइ र गरुडा नगरपालिका शोकमा
नारायण–मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार भएको बस दुर्घटनामा रौतहटको बौधिमाई नगरपालिका र गरुडा नगरपालिका– ९ सिसवा शोकमा डुबेको छ ।
मधेश प्रदेशको आर्थिक विधेयक सर्वसम्मत पारित
मधेश प्रदेश सभाको बसेको बैठकले आर्थिक विधेयक सर्वसम्मत पारित गरिएको छ । प्रदेश सभाको तेस्रो अधिवेशनको शनिबार बसेको २२ औँ बैठकले आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित भएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराउनुभयो ।
धनुषामा धानखेती गर्ने जमिन घट्दै
धनुषा जिल्लामा आजसम्म ४५ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ । यसवर्ष समयमै मनसुन भित्रिएकाले अहिले धान रोपाइँ धमाधम जारी छ ।
भानु जयन्तीमा कविता प्रतियोगिता
राष्ट्रिय विभूति एवं आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको अवसरमा शनिवार बर्दिबासमा तेस्रो नगरस्तरीय अन्तर मावि कविता प्रतियोगिता सम्पन्न भएको छ ।
डुबेर बालिकाको मृत्यु
सर्लाहीको लालबन्दी नगरपालिका –१७, रानिगन्जमा खेतमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
सर्पले डस्दा महिलाको मृत्यु
सिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका सङ्ग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्दैआएकी ३० वर्षीया रोशिना खातुनको शुक्रबार मृत्यु भएको हो ।
राष्ट्रिय निर्माणमा युवाको भूमिका
नेपाल हाम्रो राष्ट्र नेपाली हाम्रो पहिचान ।देशलाई जोगाउन युवाले गर्दै सिर्जनात्मक काम ।।अलमस्त युवा हामी अब उठ्नुपर्छ सबै एक जुट भई ।देश निर्माणका लागि पुरुषार्थ गर्नुपर्छ एक दिक्का रही ।।प्रकृति झैँ परिवर्तनका संवाहक युवा हामी ।बनौँ कर्मठ , क्रान्तिकारी , इमानदार र ज्ञानी ।।युवाहरू नजागे मातृभूमि सङ्कटमा पर्दै छ ।नेताहरू मिलीजुली देश बेच्ने विचार गर्दै छ ।।समाजका युवाहरू रक्सी चुरोटमा हराए ।आमाबाबा नखाऊ बाबु भन्दै दिनरात कराए ।।आजका युवा तिमी भोलि देशको कर्णधार बन्नेछौँ ।उल्लेखनीय काम गरी जन-जनको दिलमा बस्नेछौँ ।।विदेश पलायन भए युवाहरू कति कति ।युवा नै हुन राष्ट्रियका अमूल्य सम्पत्ति ।।युवा मलहमपट्टि गर देशको घाउ निको पार्न ।बुढापाका घरमा बसे अगाडि बद देशलाई सपार्न ।।अब जागौँ युवा शक्ति देशको निर्माणमा ।देश डुब्न लाग्यो अगाडि बद अभियानमा ।।युवा देशका लागि विद्रोही बनी अगाडि सर्छन् ।तर हन्टर खाई धुरु - धुरु रोई खाडीमा पर्छन् ।।युवा भविष्यको खोजी खाडीमा न गर ।आफ्नै देशमा पुरुषार्थ गरी देश कल्याणको काम गर ।।जुटौँ सबै युवा हामी काँधमा काँध मिलाएर ।देश विकास गर्न वीर बनी भरोसा दिलाएर ।।
ढुङ्ग्रे खोलाको कटान तीव्र,पूर्व–पश्चिम लोकमार्गको पुल जोखिममा
अविरल वर्षाका कारण ढुङ्ग्रे खोलामा आएको बाढीले बर्दीबास–५ स्थित पूर्व–पश्चिम लोकमार्गको जङ्गली क्षेत्रमा पर्ने बेलगाछी पुल जोखिममा पारेको छ । खोलाले सडकको दायाँतर्फ तीव्र कटान गर्न थालेपछि पुल बाढीको उच्च जोखिममा परेको हो ।
‘प्रतिबद्धता अनुसार काम भइरहेकोमा सन्तुष्ट छौंँ
सिराहामा रहेका १७ वटा पालिकामध्ये गोलबजार नगरपालिका पूर्वपश्चिम लोकमार्गमा पर्छ । २०७१ सालमा स्थापना भएको यो नगरपालिका असनपुर, आशोपुर बल्कवा, बेतौना लालपुर, चन्द्रलालपुर, मुक्सार, चन्द्रोदयपुर र
मधेश प्रदेश सभामा विनियोजन विधेयक प्रस्तुत
मधेश प्रदेश सभाको बैठकमा विनियोजन विधेयक प्रस्तुत गरिएको छ । प्रदेश सभाको बिहीबार बसेको तेस्रो अधिवेशनको बिसौँ बैठकमा मुख्यमन्त्री तथा अर्थमन्त्री सतिशकुमार सिंहले विनियोजन विधेयक २०८१ प्रस्तुत गर्नुभएको हो ।
बारामा बस दुर्घटना : १३ घाइते, दुईको अवस्था गम्भीर
बारामा यात्रुवाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको छ ।
निर्देशनको पर्खाइमा मधेश मन्त्रीपरिषद् विस्तार
मधेश प्रदेशमा पहिलो पटक जनमत पार्टीको नेतृत्वमा बनेको मन्त्रीपरिषद् विस्तारका लागि केन्द्रीय निर्देशन प्रतीक्षा गरिएको छ । मधेशको तेस्रो मुख्यमन्त्रीका रूपमा जनमतबाट नेतृत्व गरिरहनुभएका सतीशकुमार सिंहले विश्वासको मत लिएको साता दिन बित्न लागे पनि मन्त्रीपरिषद् पुनर्गठन हुन नसकेपछि केन्द्रीय सहमति अनुसार मधेशमा मन्त्रीपरिषद् विस्तार हुने भएको हो ।
झोलुङ्गोमा बिरामी बोक्नुपर्ने बाध्यता
वर्षायाम सुरु भएसँगै सर्लाहीको चुरे भेगका विकट क्षेत्रमा झोलुङ्गोमा बिरामी बोक्नुपर्ने बाध्यता छ । खोलामा बाढी आएर गाडी चल्न छाडेसँगै चुरेका दुर्गम गाउँमा स्थानीय बिरामी पर्दा अस्पतालसम्म पु-याउनका
सिराहाको सर्रे खोलामा फसेका एक जनाको सकुशल उद्धार
सिरहाको लहान नगरपालिका–२४ मानिकदहस्थित सर्रे खोलाको बिच भागमा फसेका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
माण्डवीगङ्गा किनारमा २० हजार बिरुवा रोपिँदै
महोत्तरीको प्रसिद्ध धार्मिक स्थल टुटेश्वरधाम नजिकैको माण्डवीगङ्गा (मडहा) नदी किनारको उकास जग्गा नयाँ बिरुवाले भरिँदैछ ।
बाढीमा फसेका स्वास्थ्यकर्मीको सकुशल उद्धार
सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका-२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ । चौधरी लहान-९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत हुनुहुन्छ ।
चट्याङ पर्दा दुई जना घाइते
महोत्तरीको चुरे क्षेत्रमा चट्याङ पर्दा दुई जना घाइते भएका छन् । साथै तीन चौपाया मरेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी रेवती रमण पोखरेलले बर्दिबास ११ स्थित सुदूर उत्तरी क्षेत्रमा चट्याङ लागेर ३० वर्षीय गणेश बोगटी तथा बर्दिबास ५ टुटेश्वरका ५८ वर्षीय जङ्गबहादुर मिजार घाइते हुनुभएको छ ।