• १३ साउन २०८१, आइतबार

सिराहाको सर्रे खोलामा फसेका एक जनाको सकुशल उद्धार

blog

सिरहाको सर्रे खोलामा फसेको उद्धार गर्दै सशस्त्र प्रहरी । तस्बिर : सशस्त्र प्रहरी

सिरहा, असार २६ गते । सिरहाको लहान नगरपालिका–२४ मानिकदहस्थित सर्रे खोलाको बिच भागमा फसेका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही ठाउँ बस्ने अन्दाजी ४० वर्षीय अरुण चौधरी घरबाट लहानतर्फ जाने क्रममा पानी बहाव बढी खोलाको बिच भागमा फस्नुभएको थियो ।

सो घटनाबारे जानकारी पाएपश्चात् सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लहानले उहाँको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।