‘शैक्षिक गुणस्तर सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री आवश्यक’
लहान नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रविधिमैत्री शैक्षिक सामग्री वितरणमा जोड दिएको छ । यसै गरी जनशक्ति व्यवस्थापन र अपुग शिक्षक दरबन्दी कायम गर्ने तथा विद्यालयको भौतिक संरचना निर्माण र स्तरोन्नतिमा ध्यान दिन आग्रह गरिएको छ ।
बजेट संशोधनको माग गर्दै जसपा नेपालद्वारा मधेश प्रदेश सभा बैठक अवरुद्ध
आगामी आर्थिक वर्षको बजेट संशोधनको माग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।
गहवामाईको वार्षिक पूजा सम्पन्न
शक्ति पीठको रूपमा स्थापित गहवामाईको नवनिर्मित मन्दिरको १२ औँ वाषिर्क पूजा एवं दोस्रो रथयात्रा आइतबार उत्सवकासाथ सम्पन्न भएको छ ।
रासायनिक मलकाे अभाव नहुने
रासायनिक मलको अभाव नरहेको कृषि कम्पनी लिमिटेड शाखा लहानले जनाएको छ ।
मधेश प्रदेशमा एचआईभी सङ्क्रमित चार हजार भन्दा बढी
प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीन दिने प्रयोगशालासम्बन्धी प्रशिक्षण समापनमा एचआईभी सङक्रमितबारे उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।
पुल भत्किँदा राजविराज-कञ्चनपुर सडकखण्ड अवरुद्ध
सप्तरीको तिरुहुत गाउँपालिका-२ स्थित पुललाई मोहुली खोलामा आएको बाढीले भत्काउँदा राजविराज-कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भएको छ ।
मुख्यमन्त्री सिंहलाई विश्वासको मत
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाउनु भएको छ । शानिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सिंहले पेश गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६७ र विपक्षमा ३४ मत परेको हो ।
उपत्यकामा वर्षा हुँदा बागमतीमा बाढी
सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा बाढी बढेको छ । काठमाडौँ उपत्यका एवम् आसपास क्षेत्रमा अत्यधिक वर्षा भइरहेकाले बागमती नदीमा पानीको सतह बढेको हो ।
मुख्यमन्त्री सिंहद्वारा मधेशका चार दलका ६ मन्त्री बर्खास्त
मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारमा रहेका चार दलका ६ मन्त्रीहरूलाई पदबाट बर्खास्त गर्नुभएको छ ।
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिनुहुने भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।
बालश्रम न्यूनीकरणका लागि सबैको साझा प्रयास आवश्यक
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले बालश्रम न्यूनीकरणका लागि सबैको साझा प्रयास आवश्यक भएको बताउनुभएको छ।
‘प्रदेशका संरचना जनताले अनुभूति गर्ने किसिमको बनाइने’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी तीन वर्षभित्र प्रदेश संरचना जनताले अनुभूति गर्ने किसिमको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने
मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विश्वासको मत दिने भएको छ ।
सामुदायिक विद्यालयलाई फर्निचर र कम्प्युटर वितरण
लहान नगरपालिका शिक्षा शाखाले सामुदायिक विद्यालयहरुमा फर्निचर र कम्प्युटर वितरण गरेको छ । अघिअघि भौतिक पूर्वाधारको आपूर्ति र पछिपछि शैक्षिक सुधार कार्यक्रमलाई अघि बढाएको हो ।
मधेश प्रदेश सभाको बैठक स्थगित
मधेश प्रदेश सभाको आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यमा छलफल हुने बैठक स्थागित भएको छ । चार दलकले मुख्यमन्त्रीलाई दिएको ध्यानाकर्षण पत्र सम्बोधन नभएसम्म बजेट वक्तव्यमा छलफल हुन उचित नभएको भन्दै शुक्रबार बसेको तेस्रो अधिवेशनको १६ औं बैठक स्थगित भएको हो ।
प्राचीन मठेश्वरनाथ मन्दिर उत्खनन : लिच्छविकालीन अवशेष फेला
धनुषाको सबैला नगरपालिका–६, गोविन्दपुरमा लिच्छविकालीन अवशेषहरु फेला परेका छन् । पुरातत्व विभागले प्राचीन मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा उत्खनन् गर्दा आठौँ नवौं शताब्दीतिरका लिच्छविकालीन अवशेषहरु भेटिएको हो ।
व्यवस्थित सहरीकरण प्राथमिकता
रौतहटको कटहरिया नगरपालिकाकै नामबाट नामकरण गरिएको मासुको प्रख्यात परिकार ‘कटियाको मासु’ (माटोको भाँडामा पकाइने मासु) अहिले देशका मुख्य सहरमा समेत फैलिएको छ । यस नगरपालिका
बर्दिबासमा डेंगुबाट बच्न सुरक्षात्मक अभियान सुरु
बर्दिबासमा डेंगुबाट बच्न सुरक्षात्मक अभियान सुरु गरिएको छ । किटजन्य रोगको सर्वाधिक जोखिममा रहेको बर्दिबासमा यसको सुरक्षा सतर्कता र सचेतनाका लागि अभियान सुरु गरिएको हो ।
घट्दैछ वीरगञ्ज भन्सारको राजस्व
मुलुकको सबैभन्दा ठुलो व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयबाट हुने आयात खुम्चिएसँगै राजस्व सङ्कलन पनि उत्साहजनक देखिएको छैन । यो कार्यालय हुँदै चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा पाँच खर्ब ५२ अर्ब ९५ करोड रकम बराबरको वस्तु तथा सामान आयात भयो ।
पूर्वप्रदेश सभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान
महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या आरोपमा पक्राउ परेका पूर्वमधेश प्रदेशसभा सदस्य कौशलकुमार यादवलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि जेल चलान गरेको छ ।
समय सापेक्ष संविधान संशोधन गर्नु अहिलेको आवश्यकता : नेता केसी
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपालको संविधान संशोधन गर्नु आवश्यक भएको बताउनुभएको छ । बुधबार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेता केसीले संविधान संशोधन गर्नु अहिलेको आवश्यकता भएको बताउनुभएको हो ।
विद्यार्थीलाई कानुनसम्बन्धी सचेतना
सुनसरीको इनरुवा नगरपालिका क्षेत्रका मावि तहका विद्यार्थीहरूलाई कानुनसम्बन्धी सचेतना कार्यक्रममार्फत कानुनी जानकारी दिएको छ ।
डुबेर किशोरीको मृत्यु
बर्दीबास –८ हात्तीलेटस्थित खोल्सीको दहमा डुवेर एक किशोरीको मृत्यु भएको छ । गाउँको उत्तरमा पर्ने माई खोल्सीमा नुहाउन गएका बेला सोही वडाको पासवान टोलकी १९ वर्षिया जानकीकुमारी पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विपद् व्यवस्थापनमा तिनै तहको सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने : मुख्यमन्त्री सिंह
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशको विपद् व्यवस्थापनमा तिनै तहको सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।