• ७ कात्तिक २०८१, बुधबार

सोमबारको मेला व्यवस्थित बनाउन सहमति

blog

बर्दीबास समाचारदाता

बर्दीबास, असार २५ गते । उत्तरको बाबाधाम मानिने टुटेश्वरनाथमा लाग्ने साउने सोमबारको मेलालाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन जनप्रतिनिधि र सुरक्षा निकायले प्रतिबद्धता जाहेर गरेका छन् । 

१४ औँ शताब्दीको टुटेश्वरनाथ महादेव मन्दिरमा साउनमा लाग्ने सोमबारी मेलामा नेपाल तथा भारतबाट आउने दर्शनार्थीको भिड लाग्ने गर्छ । महाभारत कालको वन पर्वका बेला भगवान् महादेवले यसै स्थानमा अर्जुनलाई किराँतेश्वर स्वरूपको दर्शन दिएको विश्वासका कारण पनि टुटेश्वरधामप्रति अपार धार्मिक आस्था रहेको छ । 

बढ्दो आस्था र दर्शनार्थीको भिडसँगै सुरक्षा, दानदातव्य व्यवस्थापन र बन्दोबस्तीको चुनौतीसमेत थपिने गरेको छ । यसैलाई दृष्टिगत गर्दै बर्दीबास नगरपालिका अधीनको पर्यटन प्रवर्धन समिति र होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले सोमबार बर्दीबास–५ स्थित टुटेश्वर मन्दिर प्राङ्गणमा पहिलो पटक आयोजना गरिएको अन्तव्रिर्mयामा सोमबारी मेलाका विविध पक्षमा छलफल भएको थियो । 

मधेश प्रदेशका शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदादेवी थापाले धार्मिक मेला महोत्वसवलाई स्थानीयको आयआर्जनसँग जोड्नुपर्ने धारणा राख्नुभयो । जुनसुकै उत्सव, पर्व र समारोहमा सुरक्षा र कुशल व्यवस्थापन अनिवार्य रहेको बताउँदै राज्यमन्त्री थापाले दर्शनार्थीलाई आफ्ना उत्पादन बेचेर स्थानीयको सिप प्रवर्धन गरी धार्मिक मेलाबाट अर्थोपार्जन गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो । 

उहाँले मन्दिरमा परेका भेटी र मेलाबाट उठेका रकम दुरुपयोग हुन नदिन सबैलाई आग्रह गर्नुभयो । बर्दीबास नगरप्रमुख प्रह्लाद क्षेत्रीले धार्मिक तथा पौराणिक महŒवको टुटेश्वरनाथ मन्दिरको उत्थान, व्यवस्थापन, अध्यन र अनुसन्धानका लागि नगरपालिकाले सक्दो सहयोग गर्दै आएको र क्षमताभन्दा बाहिरका कामका लागि प्रदेश र सङ्घलाई आग्रह गरेको बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल तथा प्रहरी उपरीक्षक नकुल पोखरेलले मेला व्यवस्थापनका विविध पक्षबारे चर्चा गर्दै मेलामा स्वास्थ्य शिविर, सहयोग कक्ष, ट्राफिक व्यवस्थापन, विद्युत् आपूर्तिको आवश्यकता औँल्याउनुभएको थियो । 

मधेश प्रदेश पर्यटन मन्त्रालयका सचिव राजीव पोखरेलले मधेश प्रदेशका धार्मिक गन्तव्यहरूको चर्चा गर्दै मुख्यतः भारतीय पर्यटकको बसाइ लम्ब्याउन ‘सीता सर्किट’ को परिकल्पना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटन मन्त्रालयले आगामी आवमा टुटेश्वरको विकासका लागि ३५ लाख रुपियाँ विनियोजन गरेको जानकारी दिनुभयो । 

आयोजक होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्ज खड्काले टुटेश्वरनाथ मन्दिरको रामायण र महाभारतकालीन किंवदन्तीको चर्चा गर्दै यो मन्दिरले धार्मिक पर्यटनको विशाल पृष्ठभूमि बोकेको विवरण प्रस्तुत गर्नुभयो । 

यसअघि होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका सचिव नारायण घिमिरेले टुुटेश्वरनाथ र धार्मिक पर्यटनको महŒव र सम्भावनाबारे धारणा राख्नुभयो । कार्यव्रmममा टुटेश्वरनाथ व्यवस्थापन समितिका अध्यक्ष हितबहादुर पौडेल, सचिव राजीव पोखरेललगायतले मन्दिरका नाममा गठित समितिको बेथिति र भेटी हिनामिनालगायत शान्तिपूर्ण मेला व्यवस्थापनमा मन्त्रीदेखि सुरक्षा प्रमुखहरूको ध्यानाकर्षण गर्नुभयो ।