चार करोड लागतमा अतिथि भवन निर्माण
मधेश प्रदेशको राजधानी जनकपुरधाममा शनिवार अतिथि भवन तथा विवाह मण्डपको उद्घाटन भएको छ । करिब चार करोड रुपियाँको लागतमा अतिथि भवन तथा विवाह मण्डप निर्माण गरिएको हो ।
वीरगन्ज महानगरपालिकाको बजेट दुई अर्ब ८९ करोड
वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८१/०८२ का लागि दुई अर्ब ८९ करोड ४८ लाखको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्ष २०८०/०८१ को तुलनामा अगामी आर्थिक वर्षको बजेट ६२ करोडले कम छ।
बालिका संरक्षणसम्बन्धी विधेयक पारित
मधेश प्रदेश सभाको बैठकले प्रदेश बालिका संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित गरिएको छ । सभाको तेस्रो अधिवेशनको शनिबार बसेको १४ औं बैठकले बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो । यस्तो विधेयक मुलुकमै पहिलो भएको दाबी गरिएको छ ।
एक दिनमा १० जनाले मात्रै पाउँछन् ‘एक्स–रे’ सेवा
रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रपुर सरकारी अस्पतालमा एक दिनमा बढीमा १० जनाले मात्रै पाउँछन् ‘एक्स–रे’ सेवा ।
रासससँगको समन्वयमा भोजपुरीमा समाचार सम्प्रेषण गर्ने वीरगञ्ज महानगरको घोषणा
वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)सँग समन्वय गरेर भोजपुरी भाषामा समाचार ‘बुलेटिन’ प्रकाशन गर्ने घोषणा गरेको छ ।
राजविराज-सखडा सडकखण्ड मर्मत गरिँदै
वर्षाको समयमा राजविराज-सखडा र सखडा-नेउर सडकखण्डमा आवागमनमा समस्या हुने भएकाले पाँच दिनभित्र मर्मत गरिने भएको छ ।
उखु र मकै बालीमा क्षति
महोत्तरीमा लामो समयदेखि वर्षा नहुँदा उखु र मकै खेती सुक्न थालेका छन् । मौसम विभागले देशभर मनसुन सक्रिय भएको जनाए पनि महोत्तरीमा एक पटक मात्र पानी परेको छ ।
मिथिलाका २१ जोडीद्वारा दाइजोमुक्त सामूहिक अन्तरजातीय विवाह
जिल्लाको मिथिला नगरपालिका-२ बेलाचापीस्थित सतलोक आश्रममा २१ जोडीले सामूहिक दाइजोमुक्त अन्तरजातीय विवाह गरेका छन् ।
पर्सा प्रहरीद्वारा ७१२ बोरा युरिया मल बरामद
पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १० लाख मूल्य पर्ने सात सय १२ बोरा युरिया मल बरामद गरेको छ । गैरकानुनीरुपमा भारतीय मल भन्सार छली चोरीपैठारी गरी वीरगञ्जमा ल्याई अनधिकृत भण्डारण गरेर राखेको ५० केजीका सात सय १२ बोरा मल पक्राउ गरेको हो ।
पर्सा प्रहरी कार्यालयमा ‘डिजिटल स्मार्ट कन्ट्रोल रुम’ सञ्चालन
जिल्लामा हुने आपराधिक गतिविधिलाई न्यूनीकरण गर्न र प्रहरी परिचालनमा व्यवस्थित गराउनका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ‘डिजिटल स्मार्ट कन्ट्रोल रुम’ सञ्चालनमा ल्याइएको छ ।
नुनथर पुराण र पर्यावरण
मधेश प्रदेशको रौतहट जिल्लाको उत्तरपूर्वी कुनामा रहेको मनोरम ठाउँ हो नुनथर । पूर्वपश्चिम लोकमार्गभन्दा करिब एक किलोमिटर उत्तरपर्ने नुनथर बागमती नदीको किनारमा अवस्थित छ । प्राकृतिक दृष्टिकोणले मनोरम, धार्मिक दृष्टिकोणले दर्शनीय तथा पर्यटकीय दृष्टिकोणले महìवपूर्ण रहेको नुनथरमा हरेक वर्ष लाखौँ पर्यटक पुग्ने गरेका छन् । मधेश प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य नुनथर भारतीय पर्यटकको पनि रोजाइमा परेको क्षेत्र हो । नामकरण
आयोजनाले काम गरेपछि कृषि उत्पादन बढ्यो
मधेश प्रदेशको धनुषा तथा महोत्तरी जिल्लाको बाढी प्रभावित चार पालिकामा सञ्चालन भएको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले काम गरेपछि ती पालिकामा कृषि उत्पादन तथा उत्पादकत्वमा बृद्धि भएको छ ।
लागूऔषध ओसारपसारमा संलग्न व्यक्ति पक्राउ
झापाबाट लागूऔषध ओसारपसारमा संलग्न दुई विदेशी नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा गाउँपालिकामा लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
विद्यालयस्तरमा योग अभ्यास विस्तार गरिने : मन्त्री सिंह
मधेश प्रदेशका जनसङ्ख्या तथा स्वास्थ्य मन्त्री शत्रुधनप्रसाद सिंह कोइरीले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भने मूल नारालाई कार्यान्वयन गर्न योग अभ्यासलाई विद्यालय स्तरमा र वडा तहमा विस्तार गर्ने बताउनुभएको छ ।
अतिक्रमित डेढ सय बिघा जग्गा खाली गरायौँ
नवराजपुर गाउँपालिका सिराहाको पूर्वी भेगमा हुलाकी लोकमार्गसँग जोडिएको छ । कुल ३२.१८ वर्गकिलोमिटरमा फैलिएको यो गाउँपालिकाको पूर्वमा भगवानपुर, उत्तरमा सखुवानानकरपट्टी, पश्चिममा बरियारपट्टी र लक्ष्मीपुर गाउँपालिका पर्छन् । दक्षिणमा भारतको सिमानासँग जोडिएको यो गाउँपालिका साबिक भगवतीपुर, तामसुइया, मझौरा फुलवरिया गाविस मिलाएर बनेको हो । विभिन्न जातजाति र किसानको बाहुल्य रहेको यस गाउँपालिकामा पहिलो पटक जनता समाजवादी पार्टी नेपालबाट अध्यक्षमा शिवउद्गार यादव निर्वाचित हुनुभएको छ । गाउँपालिका अध्यक्ष यादवसँग गोरखापत्रका लहान समाचारदाता जीवछ यादवले गर्नुभएको कुराकानी :
‘सरकार परिवर्तनको कुरा हल्ला मात्र’
पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतक स्थायित्वको पक्षमा रहेको आफनो पार्टीले वर्तमान सरकारको विकल्प बारेमा नसोचेको बताउनु भएको छ ।
हिंसा न्यूनीकरणमा नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक
लैङ्गिक हिंसा न्यूनीकरणका लागि तीन वटै तहका सरकारले निमौण गरेको कानुन र नीति नियमको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा बक्ताहरुले जोड दिनु भएको छ ।
करेन्ट लागेर दाइको मृत्यु, भाइ घाइते
सर्लाहीको बरहथवामा बिहीबार करेन्ट लागेर दाइको मृत्यु भएको छ भने भाइ घाइते हुनुभएको छ । बरहथवा नगरपालिका–५, स्थित नेपाल टेलिकमको कार्यालयमा ट्रष्ट निर्माणको काममा खटिनुभएका बरहथवा नगरपालिका–१०, बस्ने २१ वर्षीय आवोध ठाकुरको करेन्ट लागेर मृत्यु भएको हो ।
सरकारसँगको सहकार्य हाम्रा कारणले टुट्दैन : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकास र जनचाहना सम्बोधनका लागि आफ्नो दलले सरकारसँग सहकार्य गरेको बताउनुभएको छ ।
विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय समावेश गर्नुपर्छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रत्येक विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय समावेश गर्नुपर्ने बताउनुभएको छ ।
डुबेर दुई बालकको मृत्युपछि बलानसेरवासी शोकमा
लहान नगरपालिका–१७ बलानसेरका दुई बालकको बलान नदीमा डुबेर मृत्यु भएपछि पुरै गाउँ शोकमा डुबेको छ। रितिक चौधरी हिमालयन बोर्डिङ स्कुलमा एलकेजीमा अध्ययनरत छात्र थिए। अविनाश सदाय गाउँमै रहेको सामुदायिक विद्यालय बलानेसरमा कक्षा २ मा अध्ययनरत थिए।
विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय समावेश हुनुपर्ने
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रत्येक विद्यालयका पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय राख्नुपर्ने आवश्यक रहेको बताउनुभएकाे छ ।
जलेश्वरका वडाध्यक्षद्वयले पाए प्रमुख र उपप्रमुखको जिम्मेवारी
भ्रष्टाचार आरोपमा प्रमुख र उपप्रमुख नै निलम्बनमा परेपछि जनप्रतिनिधिविहीन रहेको जलेश्वर नगरपालिकाले कार्यवाहक प्रमुख र उपप्रमुख चयन गरेको छ । नगरपालिकाले रवीन्द्र यादवलाई प्रमुख र रत्तन चौधरीलाई उपप्रमुखमा चयन गरेको हो ।
रासायनिक मल अभाव नहुने
विगतका वर्षमा जस्तो यस वर्षको बर्खे धान बालीका लागि रासायनिक मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जले जनाएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जको गोदाममा अहिले पनि रासायनिक मल (डिएपी र युरिया) करिब १२ हजार मेट्रिक टन मौज्दात छ । त्यस्तै गरी फरक फरक कन्साइन्मेन्टको ७५ हजार मेट्रिक टन आउँदै गरेकाले विगतका वर्षमा जस्तो यस वर्ष बर्खे धान बालीका लागि रासायनिक मलको अभाव नहुने कम्पनीको मधेश प्रादेशिक कार्यालय वीरगन्जले जनाएको हो ।