उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी
महोत्तरी जिल्लाको गौशाला नगरपालिका-१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले एक अर्ब ६१ करोड १० लाख ६३ हजार भुक्तानी लिएका छन् ।
पालिकाबाटै राष्ट्रिय परिचयपत्र
जिल्ला प्रशासन कार्यालय सर्लाहीले स्थानीय तहको कार्यालयबाटै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्ने भएको छ ।
सीमा अपराध र सुरक्षाको महत्त्वबारे छलफल
सीमा सुरक्षाको महत्त्व तथा सीमा अपराध नियन्त्रण विषयबारे सशस्त्र प्रहरीले रौतहटको ईहनाथ नगरपालिका ४ स्थित सीमावासीसँग छलफल कार्यक्रम गरेका छन् ।
मधेश प्रदेशमा पहिलो पटक ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार
धनुषाको ढल्केवरमा ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार सेवा सुरु गरिएको छ । ढल्केबरमा रहेको रेयूकाई एईको मासुनागा आँखा अस्पतालले सो प्रविधिबाट आँखाको उपचार सेवा सुरु गरेको हो ।
जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा
महोत्तरी जिल्लामा नेपाल र भारतको मुख्य सीमानाका रहेको जलेश्वर भन्सारअगाडि जानकी मन्दिरको अनुभूति गराउने प्रवेशद्वार निर्माण गरिएको छ ।
सेनाद्वारा विपद् प्रतिकार्य तालिम प्रदान
सर्लाहीको नवलपुरस्थित नेपाली सेनाको भैरवीदल गण पाँचकुमारीले ईश्वरपुर नगरपालिकाभित्रका ३० जनालाई विपद् प्रतिकार्य तथा उद्धार तालिम प्रदान गरेको छ ।
भारतीय महावाणिज्य दूतावासद्वारा योग शिविर
वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा असार २ गते आइतबारदेखि असार ७ गते शुक्रबारसम्म मुलुकका विभिन्न छ ठाउँमा छ चरणमा योग शिविरको आयोजना गर्ने भएको छ ।
क्याम्पस प्रमुख कुशवाहाको मृत्यु
गोली लागेर गम्भीर घाइते हुनुभएका राजाराम मोहन बिक्रम बहुमुखी क्याम्पस कलैयाका प्रमुख हरिभुषणप्रसाद कुशवाहाको उपचारको क्रममा मृत्यु भएको छ ।
बाराको राजाराम मोहन क्याम्पसका प्रमुख कुशवाहामाथि गोली प्रहार
राजाराम मोहन बहुमुखी क्याम्पस कलैयाका प्रमुख रविभुषण प्रसाद कुशवाहामाथि अज्ञात समूहले गोली प्रहार गरेको छ।
देशमा सबै प्रकारका भेदभाव निर्मूल नभएसम्म लोकतन्त्रको संस्थागत विकास हुँदैन : अध्यक्ष यादव
जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मुलुकमा रहेका जातीय, क्षेत्रीय तथा सबै प्रकारका भेदभाव निर्मूल नभएसम्म लोकतन्त्रको संस्थागत विकास नहुने बताउनुभएको छ ।
मुलुकको विकासमा सबै एकजुट हुनुपर्नेमा जोड
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकको आर्थिक, सामाजिक तथा लोकतन्त्रको संस्थागत विकासमा पार्टीका नेता तथा कायकर्ताका साथै सबै एकजुट भएर अगाडि बढनुपर्ने बताउनुभएको छ ।
विषादीसहितको आँप बजारमा छ्यापछ्याप्ती
सर्लाहीका बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती बिक्री भइरहेका छन् । मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ (कार्वाइड) हालेर पकाइएको आँप यहाँको प्रत्येक बजारमा खुलेआम बिक्री वितरण भइरहेको हो ।
नमुना गाउँपालिका बनाएरै छाड्छु
सप्तरीका १८ स्थानीय तहमध्ये रूपनी गाउँपालिका पूर्वपश्चिम राजमार्ग र हुलाकी सडकको सुविधाप्राप्त गाउँपालिका हो । यस गाउँपालिकाको उत्तरमा उदयपुर, पश्चिममा शम्भुनाथ नगरपालिका, दक्षिणमा राजविराज नग
धनुषाका १६ वटा पालिका पूर्ण खोपयुक्त घोषणा
धनुषाका १८ पालिकामध्ये १६ वटा पालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । बिहीबार जिल्लाको सबैला नगरपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरेपछि धनुषामा पूर्ण खोपयुक्त पालिकाको सङ्ख्या १६ पुगेको हो ।
मधेश प्रदेश सरकारको नीति कार्यक्रम सर्वसम्मत पारित
मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरिएको छ । मधेश प्रदेश सभाको बिहीबार बसेको तेस्रो अधिवेशनको सातौँ बैठकले अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरिएको हो ।
तराईमा तापक्रम निरन्तर बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द
अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो ।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबीएस कार्यक्रम सुरु गर्न मुख्यमन्त्री सिंहको जोड
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी आर्थिक वर्षबाट मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षातर्फको स्नातक तह (एमबिबिएस) अध्ययन-अध्यापन कार्यक्रम सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ ।
औषधी अभावमा स्वास्थ्य बिमाबन्द, बिमित स्वास्थ्य सुविधा पाउनबाट वञ्चित
रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम दुई सातादेखि बन्द रहँदा बिमित स्वास्थ्य सुविधा पाउनबाट वञ्चित रहेका छन् ।
बेवारिसे महिलामाथि बलात्कार गरेर फरार युवक पक्राउ
सडकमा बेवारिसे भएर हिँड्ने महिलालाई जबरजस्तीकरणी गरेर फरार रहेका एक युवकलाई प्रहरीले सर्लाहीको जिरायतबाट पक्राउ गरेको छ ।
जसपाको राष्ट्रिय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनुभएको छ ।
जमिनको पूर्जा र घर पाएपछि मुसहर समुदायमा खुशी
वर्षौँदेखि बसोबास गर्दै आएको जमिनलाई समेत कानुनी रूपमा आफ्नो भन्न नपाउँदाको पीडालाई पखाल्दै जमिनको लालपुर्जा र पक्की घर पाउने भएपछि धनुषास्थित मुखियापट्टी मुसहरनिया गाउँपालिकाका मुसहर बस्तीका बासिन्दा खुसी भएका छन् ।
वीरगन्जका अवैध गोदाममा सशस्त्र प्रहरीको छापा : ४४ लाखको सामान बरामद
सशस्त्र प्रहरी बलले पर्सास्थित वीरगन्ज महानगरपालिका–१९ बर्वा लगायत विभिन्न ठाउँबाट अवैध गोदाममा छापा मारेर ४४ लाख बढीको अवैध सामान नियन्त्रणमा लिएको छ ।
मधेश प्रदेश सरकारको नीति कार्यक्रम प्रस्तुत
मधेश प्रदेशसभाको मंगलबार साँझ बसेको प्रदेशसभाको बैठकमा मधेश प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८१–८२को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।
मुसहर महिलालाई वित्तीय साक्षरता
सर्लाहीको बरहथवा नगरपालिका-८ टाँडीका लीला पासवान अहिले घरबारविहीन हुनुभएको छ । पाँच धुर जग्गामा बनेको पक्की घर साहुलाई बुझाएर उहाँ डेरा गरेर बस्नुभएको छ ।