नीति तथा कार्यक्रमको समय सारियो
मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुतिको समय सारिएको छ । मधेश सरकारले मङ्गलबार साँझ ६ बजे प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुतिको समय तोकेको छ । यसअघि आजै दिउँसो २ बजे सो नीति तथा कार्यक्रम प्रस्तुतिको समय तोकिएको थियो ।
स्वास्थ्यमन्त्री यादवद्वारा वीरगञ्जमा ढलान सडक उद्घाटन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले वीरगन्ज महानगरमा ढलान सडक तथा नालाको उद्घाटन गर्नुभएको छ ।
मधेस प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
मधेस प्रदेश सरकारले आज मङ्गलवार प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै छ । सरकारको तर्फबाट मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिनुभयो ।
जसपा नेपालको राष्ट्रिय महाधिबेशन जनकपुरमा
जनता समाजवादी पार्टी नेपालको एकताको राष्ट्रिय महाधिबेशन सोमबारदेखि जनकपुरधाममा सुरु भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एक कार्यक्रमविच महाधिबेशनको उद्घाटन गर्नुभयो ।
गर्मी बढेपछि हरिवनका विद्यालय चार दिन बिदा
गर्मी अत्यधिक बढेपछि सर्लाहीको हरिवन नगरपालिकाले चार दिनका लागि विद्यालय बन्द गरेको छ ।
अनावश्यक रुपमा बालिने कृत्रिम प्रकाशप्रति सरोकारवाला मौन
सौन्दर्यका लागि अनावश्यक रुपमा रुखमा बालिने झिलिमिली कृत्रिम प्रकाशप्रति सरोकारवाला मौन बस्दा पर्यावरण र जीवजन्तुहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको छ ।
ठोरीको मनोरम दृश्य
पर्साको ठोरी गाउँपालिका–१ स्थित रातो डाँडाबाट देखिएको ठोरीको मनोरम दृश्य । सूर्य उदय र अस्ताएको सूर्य हेर्नका लागि पछिल्लो समय यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् ।
प्रयोगविहीन वृद्धाश्रम भवन अलपत्र अवस्थामा
जिल्लाको चन्द्रपुर नगरपालिका–७ बनबहुअरीमा करोडौँ रुपियाँ खर्च गरेर निर्माण सम्पन्न गरेको वृद्धाश्रम भवन प्रयोगविहीन हुँदा अलपत्र अवस्थामा छ ।
घारिबथानमा अस्थायी प्रहरी पोष्ट
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर घारिबथानमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
पोखरीमा डुबेर वृद्धाको मृत्यु
सर्लाहीको दक्षिण–पश्चिम ग्रामीण भेगस्थित बलरा नगरपालिकामा आइतबार बिहान पोखरीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ ।
मधेश प्रदेशको नयाँ दुई मन्त्रीले लिनुभयो शपथ
मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आइतबार आफनो मन्त्रिपरिषदमा दुई जना मन्त्री थप्दै मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । यो सँगै तीन राज्यमन्त्रीसहित मधेश प्रदेशको मन्त्रिपरिषद १६ सदस्यीय पुगेको छ ।
विपद् व्यवस्थापनका लागि कार्ययोजना पारित
मनसुनजन्य जोखिमको व्यवस्थापनका लागि तयार पारेको कार्ययोजनालाई जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीले अन्तिम रूप दिएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको समितिको बैठकमा सम्भावित विपद् र त्यसको व्यवस्थापनका लागि बुँदागत छलफल भएको थियो ।
भगवानपुरको प्रशासकीय भवन अधुरै
सिरहाको भगवानपुर गाउँपालिकाको आधुनिक सेवा सुविधासहितको प्रशासकीय भवनको निर्माण कार्य अधुरै रहेको छ । ठेक्का पाएको निर्माण कम्पनीले २०८० असारदेखि बिचमै काम छाडेका कारण सो भवन निर्माण अधुरै रहेको हो ।
‘कार्यविधि बनाएर विकास निर्माणमा उपभोक्ता समिति हटाउने’
मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले प्रदेश सरकारअन्तर्गत उपभोक्ता समितिबाट हुने कामलाई कार्यविधि बनाएर हटाउने बताउनुभएको छ ।
ब्रान्डिङ गरिँदै लहानको आँप
आँपको राजधानी मानिएको लहानको मालदह आँप ब्रान्डिङ गरेर काठमाडौं पठाउने तयारी भएको कृषि शाखा लहानले जनाएको छ ।
जसपा नेपाल विभाजन भएको छैन: अध्यक्ष यादव
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूको पार्टी विभाजन नभएको जिकिर गर्नुभएको छ ।
रसिया पठाइदिने भन्दै १० लाखभन्दा बढी ठगी गर्ने पक्राउ
रौतहटको यमुनामाई गाउँपलिका वडा नं. २का विद्यार्थी भिसाम रसिया पठाइदिन भन्दै १० लाखभन्दा बढी रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
एक घर एक धारा जडान सुरु
खानेपानीको अभाव झेल्दै आएको बर्दिबास ८ हात्तीलेटमा ओभरहेड ट्याङ्क निर्माण भएपछि गाउँलेको तिर्खा मेटिने अपेक्षा जागेको छ ।
चिडियाखानाको जग्गा अतिक्रमणमा
पर्साको वीरगञ्ज महानगरपालिका-३२ रामवनमा निर्माणाधीन चिडियाखाना व्यवस्थित गर्न थालिएको छ ।
मिथिलाञ्चलमा आँप संस्कृति
सम्पूर्ण मिथिलाञ्चलमा फलफूल पर्याप्त मात्रामा पाइन्छ । कुनै यस्तो फलफूल नहोस् जुन यहाँ पाइँदैन । फलफूलको भण्डार नै यहाँ सहज रूपमा उपलब्ध छ । फलको राजा आँप त यहाँको मुख्य उत्पादन नै हो । सम्पूर्ण तराई मधेशमा फलफूलको कुनै अभाव छैन । आँप उत्पादनका लागि यो भूमि उर्वर मानिन्छ । यसका लागि मौसम
२०८४ का लागि केन्द्रित हुन महासचिवको निर्देशन
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीका नेता, कार्यकर्तालाई २०८४ को चुनावमा केन्द्रित हुन निर्देशन दिनुभएको छ ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सिंहद्वारा पदभार ग्रहण
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शुक्रबार शपथ ग्रहण पश्चात पदभार ग्रहण गर्नुभएको छ । शपथग्रहण गरेलगतै जनकपुरधामको मुजेलियास्थित शहिद गेटमा शहिदहरु प्रति माल्यअपर्ण गरी मुख्यमन्त्री सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर पदभार ग्रहण गर्दै विभिन्न निर्णयहरु गर्नुभएको छ ।
सर्लाहीबाटै काठमाडौँको कार्यालय भ्याउने दिन आउँदै छ : रक्षामन्त्री उप्रेती
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सर्लाहीका नागरिकले अब आफ्नै घरमा खाना खाएर काठमाडौँमा रहेको कार्यालय भ्याउने दिन चाँडै आउने बताउनुभएको छ ।
मधेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । मुख्यमन्त्री सिंहले शुक्रबार १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।