• १२ साउन २०८१, शनिबार

स्वास्थ्यमन्त्री यादवद्वारा वीरगञ्जमा ढलान सडक उद्घाटन

blog

तस्बिर:रासस

वीरगञ्ज,(पर्सा) जेठ २९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले वीरगन्ज महानगरमा ढलान सडक तथा नालाको उद्घाटन गर्नुभएको छ । उहाँले आज वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाँमा निर्मित ढलान सडक तथा नाला उद्घाटन गर्नुभएको हो । 

त्यसअवसरमा उहाँले सडक र नाला निर्माणसँगै स्थानीयले वर्षौँदेखि भोग्दैआएको सास्तीबाट मुक्ति पाउने बताउनुभयो । ‘‘यहाँ सडक र नाली नबन्दा निकै समस्या भइरहेको थियो’ ।

स्थानीयवासीको मागबमोजिम सडक र नाला निर्माण भएपछि पक्कै पनि हालसम्म भोग्दैआएको समस्या समाधान हुनेछ”, यहाँले भन्नुभयो । मन्त्री यादवले सडक र नाला निर्माणले वडासँगै समग्र वीरगन्ज महानगरको पनि समृद्धि हासिल गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो । रासस