मधेश प्रदेश सभाको तेस्रो अधिवशेन आह्वान
मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको आह्वान गरिएको छ । सत्ता साझेदारी दुई दल बाहिरिएसँगै विश्वासको मत समेत फिर्ता लिएपछि आह्वान गरिएको यो अधिवेशन सबैको चासो बनेको छ ।
मधेश श्रमाधान रोजगार मेला सम्पन्न, दुई हजारको आवेदन
मधेश प्रदेशको जनकपुरधाममा आयोजित दुई दिने श्रमाधान रोजगार मेला आइतबार सम्पन्न भएको छ । जनकपुरधामको उद्योग बाणिज्य संघको सभा हलमा आयोजित मेलामा आइतबार करिव दुई हजार पाँचसय गरी ६ हजारभन्दा बढी व्यक्तिहरुले अवलोकन गरेका छन् ।
वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठुला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै
नेपाल विद्युत प्राधिकरणले वीरगञ्ज क्षेत्रका औद्योगिक करिडोरमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनहरुको निर्माण गरिरहेको छ ।
कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या
इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा दरबन्दीबमोजिम कर्मचारी व्यवस्थापन हुन नसक्दा सेवा प्रवाह सहज हुन सकेको छैन ।
‘दुग्ध उत्पादन बढाउने गरी नीति निर्माण गर्नुपर्छ’
मधेश प्रदेशमा व्यापक मात्रामा पशुपालन गरिए पनि दुग्ध उत्पादन कम भएकाले दुग्ध उत्पादन बढाउने किसिमले राज्यले नीति निर्माण गर्नु पर्नेमा सरोकारवालाले जोड दिनु भएको छ ।
श्रमाधान मेलाले श्रम क्षेत्रका समस्या समाधानका लागि महत्त्वपूर्ण भूमिका खेल्छ
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद डिपी अर्यालले श्रमाधान रोजगार मेलाले श्रम तथा रोजगार क्षेत्रका समस्या समाधानका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
सेवा तथा सुविधा समय सापेक्ष नपाएको सहिद परिवारको गुनासो
सहिदका परिवारले राज्यबाट आफूहरूले पाउनुपर्ने सेवा तथा सुविधा नपाएको गुनासो गरेका छन्।
श्रम क्षेत्रको समस्या समाधानको माध्यम ‘श्रमाधान रोजगार मेला’ : मन्त्री अर्याल
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायकारुपमा सुरु गरिएको बताउनुभएको छ ।
जमुनी सिँचाइ आयोजना अनुगमनमा मुख्यमन्त्री यादव
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले १० करोडको लागतमा निर्माण भइरहेको जमुनी सिँचाइ आयोजनाअन्तर्गत मोरहा पक्की बाँधको निरीक्षण गर्नुभएको छ ।
नदी प्रणालीको व्यवस्थापन नहुँदा जोखिम बढ्दै
महोत्तरीमा चुरेबाट निस्केर दक्षिण बग्ने १० भन्दाबढी नदी तथा खोला छन् । ती खोला बालुवा र गेग्र्यान थुप्रिँदै गएपछि नजिकका बस्ती र अन्य संरचनाभन्दा अग्ला हुन थालेका छन् । जसले बर्सायाममा डुबान र भौतिक संरचना भत्कने जोखिम बढ्दै गएको छ ।
ढल्केबरबाट मालपोत र नापी कार्यालयको काम सुरु
धनुषाको ढल्केबरमा स्थापना भएको मालपोत र नापी कार्यालय सेवा दिन सुरु गरेको छ । शुक्रबार दुवै कार्यालयको एक साथ उद्घाटन भएपछि जग्गासम्बन्धी सबै कामकाज सुरु भएको हो ।
जस्ताले लागेर एक सय सात वर्षीय वृद्धको मृत्यु
हुरीबताससहितको बिहीबारको वर्षाले एक सय सात वर्षीय वृद्धको ज्यान गएको छ । विन्ध्यवासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेको ज्यान गएको हो ।
स्राेत नखुलेको रकमसहित एक पक्राउ
स्राेत नखुलेको दुई लाख रकमसहित रौतहटको गौर नगरपालिका वडा नं.२ बाट प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
गर्मी बढेपछि विद्यालय बन्द
अत्यधिक गर्मीका कारण पठनपाठनमै समस्या भएपछि सर्लाहीका स्थानीय तहले धमाधम विद्यालयमा बिदा दिन थालेका छन् ।
सीमा क्षेत्रका अवैध घरेलु मदिरा नष्ट गर्दै प्रहरी
सर्लाही प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा खुलेका अवैध घरेलु मदिरा व्यवसाय (भट्टी) नष्ट गर्ने कार्यलाई तीव्रता दिएको छ ।
अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन अभाव
प्रादेशिक अस्पताल कलैयामा रेबिजविरुद्धको भ्याक्सिन अभाव हुँदा बिरामी मर्कामा परेका छन् । कुकुर, बिरालोलगायतका जनावरले टोकेलगत्तै रेबिज रोगविरुद्धको भ्याक्सिन लगाउनुपर्ने हुन्छ । भ्याक्सिन नलगाई रेबिज रोग सरेमा यो रोगको उपचार सम्भव छैन । सरकारले अत्यावश्यक ठानेर निःशुल्क उपलब्ध गराउने भ्याक्सिन अस्पतालमा अभाव हुँदा बिरामी भ्याक्सिन नलगाई घर फर्कन बाध्य भएका छन् । केही बिरामी स्थानीय नेताको घरमा सिफारिस लिन जाने गरेका छन् ।
मधेशमा एक अर्ब ८५ करोड ४२ लाख बेरुजु
आर्थिक वर्ष २०७९/८० मा मधेश प्रदेशमा एक अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुपियाँ बराबरको बेरुजु भएको देखिएको छ । अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी मधेश प्रदेशमा बेरुजु देखिएको हो ।
आर्थिक सुशासन कायम गर्न महालेखापरीक्षकको भूमिका महत्त्वपूर्ण : प्रदेश प्रमुख
मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बेरुजु न्यूनीकरण र नीतिगत रूपमा आर्थिक सुशासन कायम गर्नमा महालेखा परीक्षक कार्यालयको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
अधिकतम तापक्रमले सुनसान जनकपुर
अत्यधिक गर्मीका कारण तराई–मधेशका अधिकांश स्थानमा जनजीवन प्रभावित भएको छ ।
जनकपुरलाई विवाह गन्तव्य बनाइने
धनुषाको जनकपुरलाई विवाह गन्तव्यका रूपमा विकसित गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा मङ्गलबार प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा उक्त व्यवस्था प्रस्ताव गरिएको छ ।
अध्यक्ष सिरोहियालाई उपचारका लागि काठमाडौँ लगियो
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि जनकपुरबाट काठमाडौँ लगिएको छ। नागरिकताको विषयमा अनुसन्धानका लागि सात दिनदेखि धनुषा प्रहरीको हिरासतमा रहनुभएका उहाँलाई थप उपचारका लागि मङ्गलबार दिउँसो काठमाडौँ लगिएको हो।
अध्यक्ष सिरोहियालाई उपचारका लागि काठमाडौं लैजाने तयारी
विजयकुमार साह ढल्केबर, जेठ १५ गते। नागरिकताको विषयमा अनुसन्धान गर्न धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ। प्रहरी हिरासतमै रहँदा शुक्रबार राति उच्च रक्तचाप र मुटुको चालमा गडबडी देखिएपछि उहाँलाई जनकपुरस्थित काव्या अस्पतालमा भर्ना गरिएको थियो। उहाँ सोही अस्पतालमा उपचाररत हुनुहुन्छ। उहाँको उपचारमा संलग्न चिकित्सकले काठमाडौं लगेर उपचार गर्न सिफारिस गरेपछि सिरोहियालाई काठमाडौं लैजाने तयारी गरिएको हो। सोमबार तेस्रो पटक म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित हुन आउँदा पनि उहाँ अस्पतालबाट सोही अस्पतालको एम्बुलेन्स चढेर आउनुभएको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले चिकित्सकले काठमाडौं लगेर उपचार गर्न सिफारिस गरेपछि आवश्यक कानुनी परामर्शका लागि छलफल भइरहेको बताउनुभयो। सरकारी वकिलसँग पनि परामर्श गरेपछि सिरोहियालाई काठमाडाैं पठाउने निर्णय गरिने उहाँले जानकारी दिनुभयो। अदालतले सोमबार तेस्रो पटक तीन दिनको म्याद थप गरिसकेको छ। यसअघि पनि अदालतले सिरोहियालाई पहिलो र दोस्रो पटक गरी तीन–तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो। गत मङ्गलबार उहाँलाई कान्तिपुरको मुख्यालय काठमाडौँ, थापाथलीबाट पक्राउ गरी स्थलमार्गबाट धनुषा ल्याइएको थियो।
राजदेवी मन्दिर परिसरमा सरसफाइ
गणतन्त्र दिवसको अवसरमा लहान–१५ स्थित राजदेवी मन्दिर परिसरमा मेरी चिल्ड्रेन बोर्डिङग स्कुलका वातावरण क्लबमा आबद्ध विद्यार्थीहरूले सरसफाइ गरेका छन् ।
गणतन्त्र दिवसमा जानकी मन्दिरको सरसफाइ
गणतन्त्र दिवस २०८१ को अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवद्वारा जनकपुरधामको जानकी मन्दिरमा विशेष सरसफाइको आयोजना गरिएको छ ।