स्मृति मिश्र 
महेन्द्रनगर (धनुषा) जेठ १६ गते । अत्यधिक गर्मीका कारण तराई–मधेशका अधिकांश स्थानमा जनजीवन प्रभावित भएको छ ।
बुधबार जनकपुरधामको अधिकतम तापक्रम ४१.० डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापक्रम २८ डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको छ । त्यसैगरी आजको आद्रता ५९ प्रतिशत रहेको उहाँले बताउनुभयो । जसका कारण मधेश प्रदेशको राजधानी जनकपुरधामको बजार सुनसान देखिएको छ । बाटोमा मानिसहरूको आवतजावत निकै कम छ ।
अत्यधिक तापक्रमले लु लाग्ने, थकाई लाग्ने, कमजोरी हुने, घाँटी सुक्ने, टाउको दुख्ने, बेहोस हुने, बान्ता आउने तथा स्वास्थ्यमा विभिन्न किसिमका नकारात्मक असर पर्ने हुँदा सावधानी अपनाउन जनकपुरधामका वरिष्ठ फिजिसियन डा. ज्ञानेन्द्र यादवले बताउनुभयो ।
वरिष्ठ फिजिसियन डा.यादवकाले भन्नुभयो, “बालबालिकाहरूलाई घर भित्रै खेल्ने वातावरण बनाउनुपर्छ । धेरै व्यायाम गर्न आवश्यकता हुँदैन, हलुका व्याम मात्र गर्ने । दिनमा तीनदेखि चार लिटरसम्म पानी पिउने, झोल भएका पदार्थ सेवन गर्ने जस्तै सुप, जुस/सर्बत, आदि । साथै खानपानमा चिसो हुने जस्तै बिहान सातु खाने, काँक्रो, खरबुजा पनि खान सक्छौँ । खानामा हरियो साग सब्जी तथा नियमित सलाद खाने । यसले शरीरलाई तन्दुरुस्त बनाउँछ । रोग प्रतिरोधक क्षमता कमजोर हुन दिदैन् ।”
उहाँका अनुसार गर्मीको प्रभावबाट बाँच्न सतर्कता अपनाउन जरुरी छ, जस्तै तातो हावा तथा तातो लहरबाट जोगिन आवश्यक काम परे मात्र घरबाट बाहिर जाने, हलुका लुगा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने वा छाता प्रयोग गर्ने ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                -(1)-original-thumb.jpg)