• ६ असार २०८१, बिहिबार

श्रम क्षेत्रको समस्या समाधानको माध्यम ‘श्रमाधान रोजगार मेला’ : मन्त्री अर्याल

blog

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल । फाइल तस्बिर

गोदार (धनुषा), जेठ १९ गते । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायकारुपमा सुरु गरिएको बताउनुभएको छ । जनकपुरधामस्थित उद्योग वाणिज्य सङ्घमा मेलाको आज शुभारम्भ गर्नुहुँदै उहाँले बेरोजगार युवालाई उद्योगमा रोजगारी दिन उद्योगीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,“ श्रमिकका धेरै समस्या आउँछन् । एउटै माध्यमबाट समस्या सङ्कलन र समाधान गर्न श्रमाधान सुरु गरिएको हो ।  सुझाव सङ्कलन गर्न, देशमा रोजगारीका अवसर वृद्धि गर्न र देखिएका समस्या समाधान गर्न यसले सहयोग पुर्‍याउँदछ ।” सरकारले रोजगार बैङ्कको अवधारणा पनि अघि सारेको मन्त्री अर्यालले बताउनभयो । रासस