निःशुल्क वाइफाईजडित पालिका बनाइएको छ
धनुषाको दक्षिणपूर्वी भागमा पर्ने मुखियापट्टी मुसहरनिया गाउँपालिका मुलुककै सबैभन्दा होचो ठाउँ हो । यस गाउँपालिकाको जनसङ्ख्या २५ हजार ४८२ रहेको छ भने क्षेत्रफल २६.८४ वर्ग स्क्वायर फिट रहेको छ । गत निर्वाचनमा जन
पूर्वाधार सुधारमा जोड
नेपाल र भारतका उच्च अधिकारी तथा उद्योगी व्यापारीले नेपाल र भारतको सम्बन्ध स्थापना भएदेखि चलिआएको व्यापारमा समयानुकूल परिवर्तन र आवश्यकता अनुसार व्यापार सहजीकरणका लागि पूर्वाधार सुधारमा आमूल परिवर्तन र झन्झटिलो प्रक्रिया सुधार गरी नयाँ ढङ्गबाट अगाडि बढ्न दुवै मुलुकको सहकार्य तथा लचकता हुनुपर्ने बताएका छन् । उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशको संयुक्त आयोजना तथा नेपाल च्याम्बरको सहकार्यमा वीरगन्जमा बिहीबार आयोजना भएको नेपाल–भारत मल्टिमोडेल लजिस्टिक एन्ड कनेक्टिभिटी बैठकलाई सम्बोधन गर्दै लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्टले नेपाल–भारतको व्यापार सहजीकरण तथा पूर्वाधार सुधार, विकास निर्माणका लागि सरकारले धेरै महत्वपूर्ण कार्य गरिरहेकाले केही समयमै व्यापारी तथा उद्योगीले त्यसको प्रत्याभूति गर्ने बताउनुभयो ।
इनार सफा गर्ने क्रममा निस्सासिएर एक जनाको मृत्यु
धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरमा इनार सफा गर्ने क्रममा निस्सासिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३० वर्षीय रामप्रसाद शर्मा रहेको प्रहरीले जनाएको छ ।
बुद्ध जयन्तीकै दिन मन्दिरमा हजारौँको बली
शान्ति र अहिंसाको लागि मनाइने बुद्धजयन्तीको दिन लहान–१५ ढेडना राजदेवी मन्दिरमा हजारौँको सङ्ख्यामा बली दिइएको छ ।
क्रसर उद्योगको फित्तामा बेरिएर धनुषामा एककाे मृत्यु
धनुषाको गोदारस्थित कमला स्टोन क्रसर उद्योगको फित्तामा बेरिएर एक जनाको मृत्यु भएको छ । बुधबार राति १२ बजे सोही ठाउँका २० वर्षीय अर्जुन यादवको क्रसर उद्योगको फित्तामा बेरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मापदण्ड विपरीत तीन गुणा बढी खोला उत्खनन्
मापदण्ड विपरीत तीन गुणाभन्दा बढी खोला उत्खनन् हुँदा सरोकारवाला निकाय मौन रहेका छन् । ठेकेदारले मनोपरी खोला दोहन गर्दा पनि सरोकारवाला सबै निकाय मौन देखिएको हो ।
बालविवाह न्यूनीकरणका लागि चार सय साथी शिक्षक तयार
बाल विवाह न्यूनीकरणका मधेस प्रदेश सरकारले चार सय जना विद्यार्थीलाई तालिम दिएर साथी शिक्षक (रूपान्तरण चैम्पियन) तयार पारेको छ ।
सिरहाको राजदेवी मन्दिरमा वैशाखी मेला
सिरहाको लहान नगरपालिका–१५ स्थित राजदेवी पञ्चायती मन्दिर परिसरमा आज वैशाखी मेला लागेको छ । मेला भर्न देशका विभिन्न भागका साथै भारतबाट पनि श्रद्धालुहरू आएका छन् ।
हरवा चरवाको अधिकार निर्देशिकाको मस्यौदा छलफलमा
मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री बेचूँ लुङ्गेलीले हरवा चरवाको अधिकार सम्बन्धी प्रदेश सरकारले तयार पारेको निर्देशिकाको मस्यौदा छलफलको क्रममा रहेको बताउनुभएको छ।
अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
नागरिकता प्रकरणमा छानबिनका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
नयाँ संरचना थप्दै कुष्ठ रोग अस्पताल
नेपाल लेप्रोसी ट्रष्टद्वारा सञ्चालित लालगढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्रमा नयाँ संरचनाको शिलान्यास भएको छ ।
अवैध उत्खनन रोक्न चोर बाटो बन्द
नदीजन्य पर्दाको अवैध उत्खनन गरी ओसारपसार गर्न प्रयोग गरिने चोर बाटोहरु जेसिबी मेसिनले खनेर बन्द गरिएको प्रहरीले जनाएको छ ।
सिरोहिया पक्राउविरुद्ध जनकपुरधाममा प्रदर्शन
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा जनकपुरधाममा प्रदर्शन भएको छ ।
अध्यक्ष सिरोहिया अदालतमा उपस्थित
नागरिकता प्रकरणमा छानबिनका लागि पक्राउ परेका कान्तिपर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज जिल्ला अदालत धनुषामा उपस्थित गराएको छ ।
तीन लाख किलो सुपारी लिलाम गरिँदै
भन्सार विभागले तीन लाख २५ हजार ३१० किलोग्राम सुपारीसहित विभिन्न मालसामानको लिलाम विक्री खुल्ला गरेको छ । बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै विभागले एक सय १४ प्रकारका मालसामानको लिलाम विक्रीका लागि सिलबन्दी दरभाउ माग गरेको छ ।
स्थानीय तहको सूचनामा युवाको पहुँच न्यून
मधेश प्रदेशको स्थानीय तहहरूको सूचनामा युवाको पहुँच न्यून रूपमा देखिएको महोत्तरीमा आयोजित एक कार्यक्रममा वक्ताहरूले बताएका छन् ।
समृद्ध नेपालका लागि महिलालाई सशक्त बनाउनुपर्छ : प्रमुख साह
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले समृद्ध नेपाल बनाउनका लागि महिलालाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ।
विभिन्न घटनामा संलग्न दुई जना पक्राउ
रौतहटको गौर नगरपालिका वडा नं. १ भन्सार नजिकबाट प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बिमा गराए
मधेस प्रदेशमा हालसम्म दुई लाख ५१ हजार एक सय ७२ परिवारले स्वास्थ्य बिमा गराएका छन् । मधेस प्रदेश स्वास्थ्य बिमा बोर्डको कार्यालयका अनुसार मधेस प्रदेशमा पछिल्लो केही समयदेखि क्रमिकरुपमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढ्दै गएको छ ।
अधिकृत मोहनप्रसाद मैनालीका हत्या आरोपी १५ वर्षपछि पक्राउ
जिल्ला प्रशासन कार्यालयमा कार्यरत तत्कालीन प्रशासकीय अधिकृत मोहनप्रसाद मैनालीलाई गोली हानी हत्या गर्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका-५ बलुवा निवासी प्रेम गिरी १५ वर्षपछि पक्राउ गरेका छन् ।
एक सय सात किलो गाँजासहित भारतीय गाडीमा एक जना पक्राउ
प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सर्लाही पर्सा गाउँपालिका १ का २१ वर्षीय चन्दन यादवलाई एक सय सात किलो गाँजासहित नियन्त्रणमा लिएको हो ।
मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताउनुभएको छ ।
मलङ्गवाबाट लाइसेन्स वितरण सुरु
सर्लाही सदरमुकाम मलङ्गवाबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु भएको छ । यातायात व्यवस्था कार्यालय मलङ्गवाले शुक्रबार चक्रघट्टा गाउँपालिका–६, पडरिया निवासी स्नेहाकुमारी मण्डललाई
पोखरिया अस्पताललाई स्तरोन्नति गर्न माग
पर्साको पुरानो सदरमुकाम पोखरियास्थित पोखरिया अस्पताललाई स्तरोन्नति गर्न सङ्घीय सरकारसमक्ष माग गरिएको छ ।