• २ असार २०८१, आइतबार

क्रसर उद्योगको फित्तामा बेरिएर धनुषामा एककाे मृत्यु

blog

विजयकुमार साह
ढल्केबर, जेठ १० गते ।
धनुषाको गोदारस्थित कमला स्टोन क्रसर उद्योगको फित्तामा बेरिएर एक जनाको मृत्यु भएको छ । बुधबार राति १२ बजे सोही ठाउँका २० वर्षीय अर्जुन यादवको क्रसर उद्योगको फित्तामा बेरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले सोही क्रसर उद्योगमा मजदुरी गर्दैआएका यादवको शव ढुङ्गा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा फेला परेको बताउनुभयो ।

सोही क्रसरमा काम गर्ने बाराको निजगढ बस्ने ४५ वर्षीय खेमबहादुर मगर घाइते भएको छ । उहाँको गोदारस्थित उपचार केन्द्र उपचार भइरहेको छ । घटनास्थलको मुचुल्का उठाउने र घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।