निराजन परियार
चौमाला (कैलाली), असार ७ गते । कैलालीबाट चार जना लागु औषधसहित पक्राउ परेका छन् । जिल्लाको धनगढी र टीकापुर क्षेत्रबाट लागुऔषधसहित पक्राउ परेका हुन् ।
धनगढी उपमहानगरपालिका–३ सहिद गेटबाट २७ वर्षीय जीवन चौधरी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१३ का चौधरीलाई २ ग्राम पाँच सय २० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो । अस्थायी प्रहरी चटकपुरको टोलीले उहाँलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
कैलालीको टीकापुर नगरपालिका ९ खक्रौला चेकपोष्टबाट १८ वर्षीय र १५ वर्षीय किशोरहरु पक्राउ परेका छन् । टीकापुर नगरपालिका–१ बाट सात सय ५० मिलिग्रा खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय, टीकापुरको टोलीले पक्राउ गरेको छ । यस्तै, धनगढी उपमहानगरपालिका–१० घुइयाँघाटबाट २२ वर्षीय कोसरोज राना पक्राउ परेका छन् । एक सय ५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।