शेरबहादुर सार्की
बाजुरा, असार ७ गते । बाजराको बुढीनन्दा नगरपालिका–९ का पाण्डुुसैनवासी स्याउ खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् ।यहाँको पाण्डुसैन स्याउ उत्पादनका लागि निकै उपयुक्त ठाउँ हो । योभन्दा पहिला पनि यहाँका स्थानीयले स्थानीय जातको स्याउ राम्रो उत्पान गर्ने गर्थ्ये । तर गाउँमा सडक सञ्जालको सुविधा नहुँदा त्यो स्याउँ कतै बिक्री नभई खेर जाने गरेको थियो ।
पछिल्लो समय मार्तडी कोल्टी सडक यो गाउँको बिचमा विस्तार भएसँगै अहिले यहाँका स्थानीयको मुख्य पेसा स्याउ खेती नै बनेको छ । यहाँ झण्डै तीन सय भन्दाबढी घरधुरीले स्याउ खेती गर्दै आएका छन् ।
गत वर्षमा मात्र यहाँका किसानले झण्डै सात हजार पाँच नयाँ जातको गोल्डेन हाइडेन्सिटी डेलिसिएस लगायतका नयाँ जातको स्याउको बोट लगाएका हुन् । यो वर्षमा पनि यहाँका किसानले दुई पाँच सय स्याउको बोट रोपेको स्याउ किसान मानबहादुर रावतले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गत वर्षमा यहाँ स्याउ राम्रो भएको थियो । त्यो स्याउ झण्डै पचास लाखसम्मको बजारमा बिक्री गरेका थियौं । यो वर्षमा स्याउ फुल्ने बेलामा खडेर परेर खासै राम्रो फलेको छैन । स्याउमा सिँचाइ हुनेको त राम्रो फलेको छ । सिँचाइ नहुनेको भने खासै राम्रो फलेको छैन ।”
सिँचाइको अभाव छ । यहाँका किसान पछिल्लो समय स्याउ खेती गर्न थालेका छन् । उनीहरुको मुख्य पेसा अहिले स्याउ नै बनेको छ । तर गाउँमा सिँचाइ सुविधा छैन । सिँचाइ सुविधा हुने हो भने यहाँका किसान स्याउ खेतीबाट नै जिविकोपार्जन गर्न सक्षम हुने थिए । पाण्डुसैनमा सबै भन्दाबढी स्याउ लगाउनेमा शेरबहादुर रावत हुनुहुन्छ । त्यसपछि मानबहादुर र चर्क बोगेटी रहेको रावतले बताउनुभयो ।
पाण्डुसैनलाई अहिले स्याउको राजधानी भन्ने गरिन्छ । यहाँ राम्रो स्याउ उत्पादन हुन्छ । पहिलाका भन्दा अहिले यहाँका किसानले तेब्बरमा स्याउ लगाउने गरेका छन् । पहिला उनीहरूले लगाएको स्याउ स्थानीय जातको मात्र थियो भने अहिले मनाङ्गदेखि उन्नत जातको स्याउ ल्याएर खेती गरेका छन् । त्यो स्याउ दुई तीन वर्षमा राम्रो फल्ने पनि गरेको छ ।
बाजुराको पाण्डुसैनमा स्याउ खेती राम्रो हुन्छ । अहिले यहाँका किसानलाई नयाँ जातको स्याउ खेती गर्न उत्प्रेरित गर्दै आएका छौँ । पहिला यहाँ स्थानीय जातको मात्र स्याउ हुन्थ्यो । अहिले नयाँ जातको स्याउ पनि फल्ने गरेको बुढीनन्दा नगरपालिका–९ का वडा अध्यक्ष मानबहादुर रावतले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिला स्याउ फले पनि त्यो यहाँ आउने केहीले मात्र किन्ने गर्थ्ये । खासै बिक्री हुँदैन थियो । अहिले गाउँमा सडक पुगेसँगै त्यो स्याउँ मार्तडीदेखि देशका विभिन्न ठाउँमा बिक्री हुने गरेको छ ।”
गत वर्षमा मात्र यो गाउँदेखि झण्डै पचास लाख रुपियाँको स्याउ बिक्री भएको हो । यसरी स्याउ घरमै बिक्री हुन थालेपछि पछिल्लो समय यहाँका किसान स्याउ खेतीबाट नै आत्मनिर्भर बन्दै गएको वडाध्यक्ष रावतले बताउनुभयो ।
बाजुराको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ बडिमालिका, गौमुल र खप्तडछेडेदहमा स्याउ उत्पादन राम्रो हुने गरेको छ ।
सबै भन्दाबढी बुढीनन्दा स्वामिकार्तिक खापर जगनाथ गाउँपालिकामा उत्पादन हुने गरेको छ । त्यसपछि हिमाली , बडिमालिका , गौमुल र खप्तड छेडेदहमा पनि उत्पादन हुन्छ ।
पछिल्लो समय यहाँका किसानले स्याउँ राम्रो उत्पादन गर्ने गरेको भए पनि स्याउ पाक्ने बेलामा मार्तडी कोल्टी सडक अवरुद्ध हुने गरेकोले उनीहरूलाई स्याउ बजारमा पुर्याउन निकै समस्या हुने गरेको छ ।
कर्णाली काेरिडोर सडकले केही सहज गरेको भए पनि साँफे मार्तडी र मार्तडी कोल्टी सडक स्याउ पाक्ने बेलामा सधैँ अवरुद्ध हुने गरेकोले यहाँका स्याउ किसान मर्कामा पर्ने गरेका छन् ।
पहिला लोकल स्याउ मात्र उत्पादन हुने गरेको बाजुरामा अहिले फुजी गाला र गोल्डेन जातको समेत स्याउ समेत उत्पादन हुने गरेको छ । विगतका केही वर्ष यता बाजुरामा उत्पादन भएको झण्डै ६ सय मेट्रिकटन स्याउ देशका विभिन्न सहरमा बिक्री हुँदै आएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी प्रेमराज न्यौपानेले बताउनुभयो ।