• १२ साउन २०८१, शनिबार

अध्यक्ष सिरोहिया अदालतमा उपस्थित

blog

फाइल तस्विर

विजयकुमार साह 

ढल्केबर, जेठ ९ गते । नागरिकता प्रकरणमा छानबिनका लागि पक्राउ परेका कान्तिपर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज जिल्ला अदालत धनुषामा उपस्थित गराएको छ । 

सिरोहियालाई मङ्गलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट अध्यक्ष सिरोहियालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । 

उहाँलाई बुधबार बिहान ५ बजे जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले नागरिकता प्रकरणमा प्रहरी नियन्त्रणमा रहेको सिरोहियालाई अदालतमा उपस्थित गराइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भर्खर अदालत उपस्थित गराएका छौँ ।’ 

नागरिकता प्रकरणमा छानबिन गर्न धनुषा जिल्ला अदालतबाट पक्राउपुर्जी जारी भएपछि अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको प्रवक्ता अवाले बताउनुभयो । अध्यक्ष सिरोहियालाई पक्राउ गरेको विरोधमा जनकपुरका नागरिक समाजलगायत स्थानीय प्रदर्शनमा उत्रेका छन् । जनकपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।