• १६ फागुन २०८२, शनिबार

उडान अवरुद्ध हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र (फोटो फिचर)

blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र यात्रु । तस्बिर : सागर बस्‍नेत

काठमाडौँ, फागुन १६ गते । खाडी मुलुकको उडान अवरुद्ध भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र परेका छन् । यूएईको दुवई, कतारको दोहालगायत क्षेत्रको उडान अवरुद्ध हुँदा यात्रु अलपत्र परेका हुन् । 

मध्यपूर्वमा तनाव बढेपछि हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्।

सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिनुभयो।


Author
सागर बस्‍नेत

फाेटाे पत्रकार