• २४ वैशाख २०८१, सोमबार

टेकु र बागमतीका अलपत्र पुल (फोटो फिचर)

blog

काठमाडौं, भदौ १५ गते। काठमाडौंको टेकुस्थित विष्णुमती खोलामाथि टेकु-कालीमाटी जोड्ने पुल तथा तीनकुनेस्थित बागमती खोलामाथि बन्दै गरेको पुल हालसम्म अलपत्र अवस्थामा  छन्। पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले लिएको छ। 

झण्डै २० करोड खर्च गरेर बनेको टेकु पुलमा प्राविधिक त्रुटि देखिएपछि पुल सञ्चालनमा रोक लगाइएको थियो। यो पुल निर्माणका लागि जुलाई २०१६ मा सकिने गरी जुन, २०१४ मा सम्झौता भएको थियो। समयमै काम नभएपछि डिसेम्बर, २०१७ सम्म म्याद थपिएको थियो। कुल २० करोड २३ लाख ७५ हजार ६९२ रुपियाँ लागतमा काम गर्ने भनिएको यो आयोजनाअन्तर्गत टेकु र डल्लु पुल बनाउनुपर्ने थियो।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७१ पुसमा ठेक्का लगाएको तीनकुनेको बागमती पुलको निर्माण पनि लथालिङ्ग नै रहेको छ। यो पुलको पनि निर्माण कमसल भेटिएपछि पुल निर्माणमा रोक लगाइएको थियो।

सङ्घीय राजधानीकै पुलको अवस्था यस्तो छ भने दुर्गम तथा अन्य स्थानका अलपत्र पुलको अवस्था कस्तो होला



Author
सागर बस्‍नेत

फाेटाे पत्रकार